चितवन फिजिकल फिट्नेश सेन्टर प्रा.लि.ले २०२०/२०२१ इन्टेक अन्तर्गत ब्रिटिश आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मीमा भर्ती हुन सफल विद्यार्थीहरुको सफलताको शुभकामना सँगै हार्दिक बधाई ज्ञापन गरेको छ ।
चितवन फिजिकल फिट्नेश सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश गुरुङले भर्ती हुन सफल चितवनका दिपेन्द्र श्रेष्ठ, तनहुँका नविन आले, नवलपुरका मदन गुरुङ र प्रबिना रानालाई ब्रिटिश आर्मी, सिंगापुर पुलिस तथा इण्डियन आर्मी टे«निङ सेन्टरमा टे«निङ्ग लिई सफलतापूर्वक नाम निकाल्न सफल हुनुभएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यका कामना समेत गर्नुभयो । चितवन फिजिकल फिट्नेश सेन्टर प्रा.लि.विगत लामो समयदेखि चितवन र आसपास क्षेत्रमा निकै रुचाइएको र गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाको रुपमा परिचित छ ।
Advertisement




