• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मेरो उद्योगको सफलता नै मेरी श्रीमती हुन् ः अर्याल


  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
  • वि.सं.२०२७ साल जेष्ठ ०७ गते तिलोत्तमा नगरपालिका वडा नं.८ रुपन्देहीमा बुबा स्वर्गीय विद्याधर अर्याल र माता स्वर्गीय जैकला अर्यालको कोखबाट तेश्रो सन्तानको रुपमा जन्मनुभएका गोविन्द अर्याल उद्योग व्यवसायीको क्षेत्रमा उदयमान नाम हो ।
    रुपन्देहीबाट २०५२ सालमा चितवनमा बसाई आएसँगै उहाँले चितवनलाई आफ्नो कर्मथलो बनाएर कस्मेटिक र गिफ्ट व्यवसायमा लाग्नुभयो । व्यवसायी बनेर अरुको उत्पादन बेच्नु भन्दा उद्योगी बनेर आफ्नो उत्पादनको विशेष पहिचान दिने उद्देश्यका साथ उत्पादनमुलक उद्योगतर्फ आउन प्रेरित ग¥यो र उहाँ २०५५ सालमा कामना ब्याग उद्योगको नामबाट उद्योगमा लाग्नुभयो ।
    २०५८ साल साउन १६ गते आएर उहाँले उक्त उद्योगलाई व्यवसायिक रुपमा दर्ता गराई हालसम्म सञ्चालनमा ल्याउनु भएको छ । शुरुवाती समयदेखि उद्योगको स्तर, उन्नति र वृद्धिका लागि अहोरात्र खटिएर अहिलेको अवस्थामा आएको सम्झनुहुन्छ अर्याल । उहाँको श्रीमती हिमा अर्याल सिलाई कटिङमा राम्रो दक्षता हासिल गर्नुभएको कारण, उहाँको दक्षता, अनुभवले गर्दा आफू उद्योगतर्फ आकषित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–मेरो उद्योगको सफलता नै मेरी श्रीमती हुन् । त्यही आकर्षणबाट उद्योगमा लागेसँगै उहाँ अहिले एक सफल उद्योगीको रुपमा परिचित हुनुहुन्छ । साथै उहाँले केहीवर्ष अगाडिदेखि ब्याग उद्योगहरुलाई चाहिने कच्चापदार्थ चाइनाबाट आयात गरी आफ्नो उद्योगमा खपत गर्नुको साथै चितवन आसपासका अन्य ब्याग उद्योगको लागि समेत कच्चा पदार्थ बिक्री वितरण गर्दै आउनुभएको छ । ब्याग उद्योग खोल्न इच्छुक अन्य नयाँ उद्योगीहरुलाई आवश्यक सल्लाह, सुझाव देखि उद्योग सञ्चालनका विषयमा सहयोग गर्दै आउनुभएको अर्याल कामना ब्याग उद्योगको साथै अन्य केही उद्योगहरुमा समेत सम्लग्न हुनुहुन्छ । १९ वर्षे उद्योग सञ्चालनको अवस्थामा उहाँले भोगेका, उद्योग क्षेत्रमा भए गरेका यावत विषयहरुलाई मध्यनजर गर्दै उहाँसँग राजु भट्टले गर्नुभएको कुराकानीको सारसंक्षेप ः

    Advertisement

    प्रश्न ः उद्योगीको रुपमा कहिले बाट आफ्नो यात्रा शुरु गर्नुभयो ? शुरुमा उद्योगमा लगानीको अवस्था कस्तो थियो ?
    उत्तर ः ठ्याक्कै भन्नुपर्दा मैले २०५५ सालमा कामना ब्याग उद्योगको नामबाट उद्योगमा लागेपनि २०५८ साल साउन १६ गते आएर उक्त उद्योगलाई व्यवसायिक रुपमा दर्ता गराई हालसम्म सञ्चालनमा ल्याएको छु । शुरुमा सामान्य लगानी बाटनै हामीले उद्योग शुरु गरेका थियौ ।

    प्रश्न ः तपाईले सञ्चालन गर्नुभएको उद्योग कस्तो प्रकृतिको हो ? उद्योगले उत्पादन गर्ने उत्पादनले कुन वर्गका उपभोक्ताहरुलाई लक्षित गर्दछ ?
    उत्तर ः कामना ब्याग उद्योग विशुद्ध उत्पादनमुलक प्रकृतिको उद्योग हो । हामीले उत्पादन गर्ने उत्पादन मध्यम र निम्न वर्गका उपभोक्ताहरु नै हुनुहुन्छ । हामीले प्राय स्कूल, कलेज, गोष्ठी, सेमिनार, संघ–संस्थाहरुका विभिन्न कार्यक्रमहरुको लागि अर्डर अनुसार विभिन्न डिजाइनका ब्यागहरु उत्पादन गर्ने गर्दछौं ।
    प्रश्न ः उद्योग क्षेत्रमै उद्योगीलाई टिकाईरहन के गर्न जरुरी छ ? एक सफल उद्योगी हुनका लागि के कुराले महत्व राख्दछ ?
    उत्तर ः उद्योग भन्ने वित्तिकै हामीले उत्पादनमूलक, सेवामूलक आदि, इत्यादिलाई बुझ्ने गर्दछौं । उद्योग एउटा घर परिवार हो । उद्योगलाई टिकाई राख्न आफूले पनि उद्योगको प्रकृति, समय सापेक्ष अनुसार परिमार्जन गर्न जरुरी छ । त्यहाँ रहने कामदारदेखि उत्पादनको अवस्था, बजारीकरणलाई समेत ध्यानमा राखी उच्च स्तरीय व्यवस्थापकीय अवधारणा अनुसार सञ्चालन गर्न जरुरी छ । उद्योगलाई दिगो रुपमा टिकाई रहने र उद्योगलाई समयानुकुल परिमार्जित गर्दै लगियो भने पक्कै पनि हामी एक सफल उद्यमी भएको ठहरिन्छौं । जसले एउटा परिवार जस्तै गरेर उद्योगलाई उचाईमा पु¥याउन सक्ने त्यो नै एक सफल उद्यमी हो जस्तो लाग्छ मलाई ।

    प्रश्न ः उद्योगीहरुले काम गर्ने सिलसिलामा कस्ता खाले समस्याहरु झेल्ने गर्दछन् ? कि उद्योगीलाई समस्याहरु नै आउँदैनन ?
    उत्तर ः हामी उद्योग सञ्चालकहरुलाई पल–पलमा समस्याहरु आउने गर्दछन् । हामी समस्यासँगै जुधेर अघि बढ्ने भएको हुँदा नै हामी उद्योगी भएका हौं । जो समस्यासँग जुध्न सक्दैन त्यो कदापि उद्योगी हुँदैन । हाम्रा उद्योगहरु हाम्रै गाउँ, शहर, छरछिमेकमा सञ्चालन हुने भएकाले सानातिना समस्याहरु आउने गर्दछन् । हामी सामाजिक प्राणी भएको हुँदा हामीले समाजसँग मिलेर समाजमा हुने समस्याहरुलाई समाधान गर्दै अघि बढ्न जरुरी हुन्छ ।

    प्रश्न ः तपाई समाजसेवामा उत्तिकै सक्रिय देखिनुहुन्छ ? समाजसेवा र उद्योगको समय व्यवस्थापन कसरी गर्नुभएको छ ?
    उत्तर ः हो, म यही समाजको व्यक्ति भएको नाताले समाजको लागि केही न केही गर्नुपर्छ भन्ने दायित्व बोधका साथ हामीमा हुन्छ । म आफ्नो उद्योगको केही समय निकालेर समाजसेवामा लाग्ने गर्दछु । समाजसेवाले हामीलाई उद्योग सञ्चालन गर्नदेखि हरेक मानिससँग मिलेर काम गर्ने वातावरण सिर्जना गरेको हुन्छ । मैले आफूले आफ्नो समयलाई मिलाएर करीब आधा दर्जन सामाजिक संघ–संस्थाहरुमा लागेको छु ।

    प्रश्न ः उद्योगीलाई गाउँ, समाजमा हेर्ने दृष्टिकोणलाई कसरी लिनुभएको छ ?
    उत्तर ः हामीले आफ्नो सम्पूर्ण प्रक्रिया पु¥याएर उद्योगहरु सञ्चालन गरेका छौं भने हामीलाई गाउँ समाजबाट सहयोगी नजरले हेर्नुहुन्छ तर उद्योगीहरुले पनि उद्योग सञ्चालन गर्दा समाजलाई नै वेवास्ता ग¥यो भने चैं त्यहाँ गाउँ समाजले हेर्ने दृष्टिकोण फरक हुन सक्छ । हामीले सञ्चालन गर्ने उद्योगहरुले गाउँ समाजले के दियो त भन्ने पनि हुन सक्छ ।

    प्रश्न ः तपाईले अहिलेको समयमा सञ्चालन गरिरहनु भएको उद्योगको अवस्थाले कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
    उत्तर ः म अहिले जुन पहिचानमा छु त्यो श्रेय कामना ब्याग उद्योगलाई जान्छ । मैले आफ्नो जीवनको आधा उमेर यही उद्योगमा बिताएको छु । मलाई मेरो नामले भन्दा कामना ब्याग उद्योगको नामले धेरैले चिन्ने गर्नुहुन्छ र मेरो सम्पूर्ण परिवार यही उद्योगमा निर्भर छ । जसले गर्दा पनि म आफूले सञ्चालन गरेको उद्योगप्रति निकै सन्तुष्ट छु ।

    प्रश्न ः उद्योगीले राज्यबाट कस्तो किसिमको सहयोगको अपेक्षा गरेका हुन्छन् ?
    उत्तर ः हामी उद्योगीहरु ऋणधन गरेर आफ्नो उद्योग सञ्चालन गरेका हुन्छौं । हामीले राज्यबाट त्यति ठूलो सहयोग नआएपनि उद्योगको प्रकृति हेरेर उद्योगमैत्री कर प्रशासन, स्वदेशी उद्योगको प्रवद्र्धनका लागि राज्यले कच्चा पदार्थ आयातमा भन्सार सहुलियत र तयारी वस्तु आयातमा कडाई गर्नुपर्ने देखिन्छ । साथै सहुलियत ऋण, उद्योग सञ्चालनको वातावरण, बजारको व्यवस्था लगायतको सहयोगको अपेक्षा गरेका हुन्छन् ।

    प्रश्न ः अन्य विदेशी उद्योगहरुको तुलनामा नेपाली उद्योगहरु फष्टाउन नसक्नुको कारण के होला ?
    उत्तर ः कच्चा पदार्थको आयातमा भन्सार कर बढी हुनु, दक्ष जनशक्तिको अभाव हुनु, नयाँ–नयाँ टेक्नोलोजीको पहुँच नहुनु, बजारीकरणको अभाव, ठूलो मात्रामा लगानी गर्न नसक्नु आदि कारणहरुले गर्दा नै विदेशी उद्योगहरुको तुलनामा नेपाली उद्योगहरु फष्टाउन सकेका छैनन् ।

    प्रश्न ः अन्त्यमा नयाँ आउने उद्योगीहरुलाई तपाईको कस्तो सल्लाह, सुझाव रहन्छ ?
    उत्तर ः सर्वप्रथम म उद्यमी सन्देश प्रकाशन समितिलाई धन्यवाद दिन चाहन्छु । हामीले उद्योग सञ्चालन गर्ने समयमा अहिलेको जस्तो स्रोत, साधन, प्रविधि नहुँदा धेरै दुःख, कष्ट झेल्नु परेको थियो । अहिले हामीले जुनसुकै उद्योग सञ्चालन गर्दा पनि उद्योगको प्रकृति अनुसार त्यसलाई आवश्यक पर्ने हरेक जानकारी लिएर सम्पूर्ण स्रोत, साधनहरुको पहुँचमा रहेर सञ्चालन गर्नुपर्ने हुन्छ । यदी सम्बन्धित उद्योगको बारेमा पूर्ण ज्ञान नलिईकिन सञ्चालन गर्दा असफलता हुने भएकोले पूर्ण सुझबुझका साथ उद्योगमा लाग्न सुझाव दिन चाहन्छु ।

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.