• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

चेम्बरको आयोजनामा ’नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती’ बिषयक अन्तर्कृया सम्पन्न


  •   बुधबार, माघ २१, २०७७ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको सभापतित्वमा मंगलबार राजधानीमा आयोजित सो कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता माझ सम्पन्न भएको हो । कार्यक्रमको शुरुवाती चरणमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यवसायिक कृषि विकासका लागि देखिएका चुनौती र सम्भावनाका बारे निजी क्षेत्रका तर्फबाट धारणा राखेका थिए । सो अवसर उनले आफ्नो धारणा राख्दै कृषि क्षेत्रमा जोखिम रहेकाले व्यवसायीहरु धरासायी र उदासिन रहेको बताए । अध्यक्ष श्रेष्ठले कृषिमा लगानी गर्न आकर्शित गर्ने खालको प्रावधानमा कमी रहेको औल्याउदै कृषिमैत्री नीति, बैंक व्याज, लिज व्यवस्थापन, सरकारी प्याकेज, अन्तरसरकारी समन्वय, कोल्ड स्टोरेज, विचौलियाका समस्या, बफर स्टक, कृषि पर्यटन आदी बिषयमा सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

    Advertisement

    साथै, उनले रोजगारी, भ्यालु एड, इन्सेण्टीभ उत्पादन दिने कृषि क्षेत्रमा व्यवसायिकता अभिब्रिद्धी गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गर्दै चेम्बरले नेपाली उत्पादनको प्याकेजिङमा सहयोग गर्न पहल गरिरहेको जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि पेशा निर्वाहमुखीबाट व्यवसायिकरण तर्फ अघि बढदै गरेको उल्लेख गर्दै पछिल्लो समयमा निजी क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्न देखाएको तदरुकताले कृषि क्षेत्रको प्रोत्साहन हुने भन्दै सर्हाना समेत गरिन । मन्त्री अर्यालले सरकारले सहजीकरणमा कुनै कसर बाँकी नराख्ने बताउदै निजी क्षेत्र र सरकारले हातेमालो गर्दै अघि बढने नीति सरकारले लिएको स्पस्ट समेत पारिन् ।

    साथै, मन्त्री अर्यालले वैदेशिक लगानी खुला गर्ने सरकारको नीति बारे स्पस्ट पार्दै नेपालको कृषि क्षेत्रमा लगानी सामर्थ्य कमजोर देखिएकाले ५० करोड भन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई ७५ प्रतिशत निर्यात र बाँकी नेपाली बजारमा नै बिक्री गर्ने गरी विधेयक ल्याईको र छिट्टै कार्यविधी बनाएर नेपाली लगानीलाई सुरक्षित गर्ने उल्लेख गरिन । उनले उत्पादनलाई ब्रिद्धी गर्ने गरि सो व्यवस्थाका ल्याइएकोले ढुक्क रहन पनि आग्रह गरिन ।

    कार्यक्रममा कृषि मन्त्रालयका सचिव हरि बहादुर के.सी. ले व्यवसायीहरुसँग कृषिमा आधारित रहेर विरलै मात्र अन्तर्कृया हुने गरेको स्मरण गर्दै चेम्बरद्वारा आयोजित सो कार्यक्रमले नविनता थपेको बताए । साथै सचिव के.सी. ले ठुलो परिमाणमा कृषि उपज उत्पादन गर्न सहकारी एवम् कृषि समुहहरुबाट प्रयास हुँदै आएको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि कृषि क्षेत्रमा ब्रिहद रुपले लगानी लगाउन आग्रह गरे ।

    त्यसैगरि कृषि विभागका महानिर्देशक डा. गोविन्द प्रसाद शर्माले गैर क्षेत्रको तुलनामा कृषि क्षेत्रबाट कम लाभ हुने, जोखिम बढी रहने र उद्योगसँग जोडिन समेत नसकिएकाले उत्पादनशिल क्षेत्र ओझेलमा पर्दै आएको बताउदै कृषि क्षेत्रको विकासका लागि विभागले प्रभावकारी कार्यक्रमहरु पस्कने सोच लिएको बताए ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले नेपाली उत्पादनको बजारिकरणमा समस्या रहेको दर्शाउदै फसल उत्पादन पस्चातको चरणमा र खाद्य स्वच्छताको लागि बिशेष ध्यान दिन आवश्यक रहेको बताए ।

    कार्यक्रम माझ कृषि व्यवसायी एवम् उद्यमीहरुले कृषिमा लगानीको उच्च जोखिम रहेको, कृषिमा राज्यले दिने सहुलियत पहुँचवालाहरुमा सिमित रहेको, कफि खेती मौरी पालन आदिका क्षेत्रगत समस्या,बिउ बिजन र मलको अभाव, कोल्ड स्टोरेजको अभाव, उच्च जोखिम, भुमीको भाडा दर एवम् उपलब्धतामा असहजता, पुर्वाधार विकासको अभाव, कृषिमा वैदेशिक लगानी खुला गर्ने लगायतका सरकारी नीतिगत व्यवस्था आदिमा समस्या रहेको औंल्याएका थिए ।

    कार्यक्रममा चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल एवम् दिपक मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, सचिव लिमा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

    बुधबार, माघ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.