भरतपुर/शक्तिखोर औद्योगिक क्षेत्रका सन्दर्भमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको टोली र उद्योगीहरुबीच छलफल सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पौडेलले स्वागत मन्तव्य सहित संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक शिक्षालय लगायतका बारेमा जानकारी गराउनु भएको कार्यक्रममा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय लेखराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

छलफल कार्यक्रममा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा.नारायण रेग्मी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं शक्तिखोर औद्योगिक क्षेत्र निर्माण समन्वय विशेष विभागका प्रमुख भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज महरट्टा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका बरिष्ठ अधिकृत देवनारायण सापकोटा, नेपाल आयल निगमका बोर्ड डाइरेक्टर सहदेव बोगटी, माननीय उद्योगमन्त्रीका निजी सचिव मोहन ओझा, स्वकीय सचिव मिनबहादुर सिंह, डिभिजन वन कार्यालयका अधिकृत श्याम रिमाल, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, सुधा सुवेदी पौडेल, महिला उद्यमी मञ्चकी सचिव दक्षिणा गैरे न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले प्रमुख अतिथिलाई चितवन प्रदर्शनी केन्द्र निर्माण परियोजनाको प्रस्तावाना पत्र हस्तान्तरण गर्नुभएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
यसअघि मन्त्री सहित चितवन उद्योग संघको टोलीले शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।





