• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर


  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगले
    गरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए । साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट जानकारी दिदै भने ।

    Advertisement

    त्यसैगरि, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गर्दै नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको अवस्था बोध गराए । अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने धारणा राखे । निजी क्षेत्रको मनोवल उच्च बनाउन आवश्यक भएको पनि उनले स्पस्ट पारे । चेम्बर अध्यक्ष श्रेष्ठले आयात– निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिदै यसबाट राजश्वमा प्रतिकुल प्रभाव नपर्ने र राजश्वमा पनि थप योगदान हुने औंल्याए । ‘भंसारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधी तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्छ’ उनले चेम्बरको तर्फबाट धारणा राख्दै भने ।

    सो अवसरमा अध्यक्ष श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाई कोभिड भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने पनि बताए ।

    अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले कोभिडको महामारीको बीचमा राजश्व असुलीमा उल्लेखनीय योगदान पुर्याएकोमा समग्र निजी क्षेत्रलाइ धन्यवाद व्यक्त गर्दै अहिले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशा तर्फ उन्मुख रहेको जनाए । अर्थतन्त्रलाइ चलायमान बनाउन राज्य सदैव तत्पर रहेको पनि उनले स्पस्ट पारे । राज्यको वास्तबिक योगदानकर्ता निजी क्षेत्रनै रहेको र केही भन्सार वृद्धिलाइ नकारात्मक रुपमा नलिइ दिन अनुरोध गदै अर्थतन्त्रलाई चलायमान बनाउदै रोजगारी वृद्धि गर्न वढाइएको जानकारी दिए ।

    सो अवसरमा भंसार बिभागका महानिर्देशक सुमन दाहालले चेम्वरबाट गरिएको सम्मान प्रति आभार व्यक्त गदै यसले अझै बढी जवाफदेहिता बढाएको बताए । भन्सार प्रशासनलाई चुस्त तथा जिम्मेवारीयुक्त बनाउन अपनाइएको कृयाकलाप बारे चर्चा गर्दै निजी क्षेत्रलाई बिश्वासमा लिएर सुधारका कार्यक्रमहरु अगाडी बढाउदै लिएर जाने पनि महानिर्देशक दाहालले बताए । सरकारी निकाय तथा सरकारी र निजी संस्था बिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने धारणा उनको थियो ।सो अवसरमा विभागका महानिर्देंशक सुमन दाहाललाइ भंसार प्रशासनलाइ पारदर्शी तथा जवाफदेही बनाइ सेवालाई प्रभावकारी बनाउन पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल र दिपक मल्होत्राको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.