चितवनमा ब्युटिसियनहरुको लागि ब्युटिसियन ट्यालेन्ट हुने भएको छ। ब्युटिसियन ब्यबसायमा आबद्द तथा ब्युटीपार्लर सिकीरहनु भएकाहरुको आत्मबल बढाउन तथा आत्मा सम्मानका लागि चितवन मै पहिलो पटक ब्युटिसियन ट्यालेन्ट चितवन हुने भएको हो। क्रियटिभ इन्साइड चितवनको आयोजनामा हुने सो प्रतियोगितामा भाग लिन चाहनेले फारम पर्नुपर्ने बताइएको छ।चितवनमै पहिलो पटक पृथक तरिकाको कार्यक्रम गर्न लागिएको बताउदै आयोजक सस्थाले चितवन भित्र ब्युटिसियन पेशामा आबद्द तथा सिक्दै गर्नुभएकाहरुले भाग लिन सक्ने बताएको छ। देश विदेश बाट अनुभब प्राप्त,सिटिइभिटीबाट मान्यता प्राप्त र ब्युटिसियन ब्यबसायमा अनुभब प्राप्त प्रशिक्षकबाट प्रसिक्षण गराइने सो प्रतियोगितामा विभिन्न तालिमहरु संचालन गराइने जानकारी दिएको छ। विभिन्न विधामा प्रतिस्पर्धीलाइ प्रतिष्पर्धा गराइने बताउदै आयोजक सस्थाले बिजेतालाई नगद पुरस्कार सहित आकर्षक उपहारका साथै भ्रमणको समेत ब्यबस्था गरिएको बताएको छ।
Advertisement
ब्युटिसियन ट्यालेन्ट हुने
ब्युटिसियन ट्यालेन्ट हुने
तपाईको प्रतिक्रिया




