• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अण्डाको मूल्य बढ्यो


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • काठमाडौं – उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।

    संघका अनुसार काठमाडौंमा ठूलो अण्डाको मूल्य प्रतिकार्टुन दुई हजार ५० र मध्यमको १८ सय ७० रुपैयाँ तोकिएको छ। एक कार्टुनमा सात क्रेट र दुई सय १० गोटा हुन्छ। यसअघि काठमाडौंमा ठूलो अण्डा १८ सय देखि १९ रुपैयाँ र सानो १६ सय देखि १७ सय रुपैयाँ कार्टुनमा बिक्री भएको संघका शिवराम केसीले बताए। ‘विगतमा मूल्य तोके पनि कार्यान्वयनमा आएको थिएन,’ केसीले भने, ‘अहिले कडाइ गरेका छौं।’ खुद्रा प्रतिगोटा १३ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

    Advertisement

    चितवनलाई अण्डा उत्पादनको राजधानी मानिन्छ। चितवनमा भने काठमाडौंमा भन्दा कम छ। त्यहाँ पनि अण्डाको मूल्य बढेको छ। प्रतिकार्टुन ठूलो अण्डाको मूल्य १९ सय २५ रुपैयाँ र मध्यमको १७ सय ८५ रुपैयाँ तोकिएको छ। यसअघि ठूलो अण्डा प्रतिकार्टुन १७ सयदेखि १८ सय र सानो १६ सय रुपैयाँ कार्टुनमा बिक्री भएको केसीले बताए। ‘उत्पादनको आधारमा प्रतिफल नपाएपछि मूल्य बढाएका हौं,’ केसीले भने, ‘उपभोक्तालाई ठूलो भार पर्दैन।’

    संघका अनुसार प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगेको छ। यसअघि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोर्नु परेको थियो। मुलुकमा दैनिक ३३ लाख गोटा अण्डा उत्पादन हुने केसीले बताए। दाना, कामदारको ज्याला, ढुवानी, औषधीको मूल्य वृद्धि हुँदा लागत बढेको उत्पादकको दाबी छ। ‘गत वर्ष ४५ रुपैयाँको दाना अहिले किलोको ५६ रुपैयाँ पुगेको छ,’ केसीले भने।

    मुलुक अण्डामा आत्मनिर्भर छ। अण्डा आयातमा आत्मनिर्भर भएको अवस्थामा आगामी आर्थिक वर्ष ०७७/७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगले मध्यकालीन लक्ष्य तयार गरको हो। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले उत्पादन पनि वृद्धि हुँदै गएको छ। कुखुरा र अण्डाको बजार बिस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ। किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने आसमा लगानी गरेका छन्। पोल्ट्री क्षेत्रमा एक खर्ब रुपैयाँ बढी लगानी पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा र मासुको प्रयोगको लोकप्रियता सँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले फड्को मारेको छ। ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै व्यापकता पाएको व्यवसायी बताउँछन्। सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ।

    कुखुरापालन अन्तरगत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो। चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्की लगायत जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ। सरकारी तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन्। यी फर्ममध्ये ९३.२९ प्रतिशत ब्रोइलर उत्पादक, ६.९ प्रतिशत लेयर्स उत्पादक र ०.५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन्। पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीव्र छ।

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.