माडी/“स्वास्थ्य र तन्दुरुस्त जीवनको लागि” भन्ने मूल नाराका साथ माडी–३, वसन्तपुरमा माडी जिम हाउस एण्ड फिटनेश सेन्टरले लाखौंको लगानिमा माडी क्षेत्रका जिमप्रेमीहरुलाई मध्यनजर गर्दै अँग्रेजी नयाँ वर्षदेखि आफ्नो सेवालाई शुभारम्भ गरेको छ ।
माडी क्षेत्रमा पहिलोपटक जुझारु युवा व्यवसायी निर्मल लामिछानेले माडी जिम हाउस एण्ड फिटनेश सेन्टरलाई संचालनमा ल्याउनु भएको हो ।
मानिसमा व्यायाम गरेर स्वास्थ्य भईन्छ भन्ने चेतनाको विकास भएपनि जिम गर्ने बानीसँगै स्रोत साधान नहुँदा माडी क्षेत्रमा जिम गर्नेहरुलाई जिम हाउसको शुरुवात गरेका लामिछानेको मेहनत र आँटलाई हामी सबैले कदर गर्न जरुरी देखिन्छ ।
उक्त जिम हाउसको शुरुवाती समयमा जिमसँग सम्बन्धित व्यवस्थापन कार्यलाई चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङ लगायत चितवन फिजिकल फिटनेशको तर्फबाट समेत पूर्ण साथ र सहयोग गरिएको थियो । माडीमा जिम हाउसको शुरुवात भएसँगै माडीवासीहरुमा उत्साह र हौसला देखिएको स्थानीयहरु बताउँछन् ।





