भरतपुर/चितवन उद्योग संघका वस्तुगत सदस्य चितवन मसला उत्पादक संघले आफ्ना नयाँ सदस्यहरुसँग परिचयात्मक एवं विशेष बैठक कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन मसला उत्पादक संघका अध्यक्ष विक्रम सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, मसला उत्पादक संघका उपाध्यक्ष ओमप्रकाश गुप्ता, सचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष रामबाबु जैसवाल अतिथि रहनुभएको थियो ।
बैठकले जिल्लामा रहेका मसला उत्पादक संघसँग सरोकार राख्ने दुईदर्जन भन्दा बढी उद्योग प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकले मसला उत्पादक संघका समस्या र त्यसका लागि गर्न सकिने रणनीतिक योजनाहरुको बारेमा छलफल गरिएको थियो ।
Advertisement





