चितवन/राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीले आज भरतपुरमा सीप बिकाशका लागि क्षमता अभिबृध्दी कार्यक्रम संचालन गरेको छ । महानगरपालिका उपाध्यक्ष सिमाकाजी महतोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सचिव अञ्जु गुरुङ्ग र अतिथिहरु युनियनका चितवन जिल्ला कोषाध्यक्ष मञ्जु तमाङ्ग,राप्ती नगरपालिका कमिटी सदस्य कमला महतो, सिल्क हेयर कंपनिका प्रवन्ध निर्देशक रक्की लामा लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा मन्तव्यका क्रममा प्रमुख अतिथी अञ्जु गुरुङ्गले जिवनमा सीप सिकेर कहिल्यै सकिने कुरो होइन बजारमा नया प्रबिधीहरु भित्रीने क्रम जारी छ । बजारमा आएको नया प्रबिधीलाई पछ्याएर माग अनुसार चल्न सकिएन भने पेशा धरापमा पर्छ । त्यसैले एउटा सिल्पकारले आफ्नो दक्षता प्रदर्शन गर्नका लागि क्षमता अभिबृद्धी गर्नु जरुरी छ भन्नू हुदै आफ्नो युनियन आम सौन्दर्यकर्मीहरुको हक, हित र अधिकार प्राप्तिको आन्दोलन संगसंगै सदस्यको दक्षता अभिबृध्दी गर्ने काममा पनि लाग्दै आएको छ । र आजको कार्यक्रम बजारमा आएको नया प्रबिधिलाई आफ्ना सदस्य सम्म पुर्याउने कार्यक्रम भएकाले यसलाई राम्रो संग सिकेर लाभ लिनुहुन सहभागी सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सिल्क हेयर कंपनिको तर्फबाट कंपनिका प्रवन्ध निर्देशक हेयर ड्रेसर रक्की लामाले एस कलर सम्बन्धी डेमो प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन महानगरपालिका सचिव लक्ष्मी अमगाइले गर्नुभएको थियो । यस्ता कार्यक्रम अधिक सदस्यका बिच पुर्याउन पर्ने भएपनी कोभिडका कारण संक्रमण सुरक्षा अपनाउदै कार्यक्रमबाट राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको चितवनका विभिन्न कमिटिमा आवध्द ३० जना सदस्यले लाभ प्राप्त गर्नुभएको आयोजकले बताएको छ ।





