भरतपुर/भरतपुर–१२ बसन्तचोकमा सञ्चालित स्मार्ट व्यान्क्वेट एण्ड रिसोर्ट प्रा.लि.ले आफ्नो सेवालाई संचालनमा ल्याएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको रिसोर्टको सम्पूर्ण निर्माण कार्य सकिएसँगै भरतपुरकै सम्भवत ठुलो र सुविधा सम्पन्न व्यान्क्वेट एण्ड रिसोर्टलाई सञ्चालनमा ल्याइएको रिसोर्टका व्यवस्थापक सूवर्ण भट्टले बताउनुभयो ।

करीब दुई बिगाहा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट करिब १५ करोड लगानीमा निर्माण भएको रिसोर्टका सञ्चालक प्रकाश आचार्यले जानकारी दिनुभयो । रिसोर्टमा पर्याप्त पार्किङ सुबिधा, शान्त, रमणिय वातावरणमा खानाका स्वादिष्ट परिकारसँगै बारको समेत ब्यबस्था रहेको आचार्यले बताउनुभयो ।
रिसोर्टमा बिबाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी गर्नका लागि करिब ५ हजारको लागि खानपिन र कार्यक्रम गर्न मिल्ने हलको सुबिधा रहेको अर्का सञ्चालक दिपक दाहालले बताउनुभयो । रिसोर्टमा मनोरम वाटर फाउण्डेशन, हरियाली, शान्त र प्रदुषणरहित वातावरणको साथै गुणस्तरीय स्वदेश तथा विदेशी खानपीनका परिकार उपलब्ध गराइने दाहालले बताउनुभयो ।
रिसोर्टमा लामो समय देखी ब्यबसायमा सफलता प्राप्त गरेका युवा उद्यमीहरु प्रकाश आचार्य, दिपक दाहाल, निरज सुबेदी, हरिचन्द्र अधिकारी, कबि खतिवडालगायतको लगानी रहेको छ ।





