• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकालाई चितवन उद्योग संघद्वारा प्रस्ताव पेश


  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
  • उद्यमशिलता र बेरोजगारी समस्या समाधानको लागि प्रस्ताव पेश
    माडी, ०५ पौष/चितवन उद्योग संघले कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि माडी नगरपालिकालाई प्रस्ताव पेश गरिएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाललाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो । अध्यक्ष पौडेलले चितवन उद्योग संघले रोजगार बैंक सञ्चालन र औद्योगिक सूचना केन्द्र स्थापनालाई अभियानको रुमपा लिई स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।
    कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चितवन उद्योग संघले नगरपालिकाको नीति तथा कार्यक्रम र राजश्व परामर्श समितिलाई दिएको सल्लाह, सुझावलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरिएको र संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
    कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, दुर्गा प्रसाद भण्डारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य एवं माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, माडी इकाई समितिका सचिव रमेश नेपाली, कोषाध्यक्ष नारायणदत्त रिजाल, कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्च माडीकी अध्यक्ष लक्ष्मी महतो, कार्यसमिति सदस्य कौशल्यादेवी शाह, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यालय सहायक उमेश श्रेष्ठ लगायत माडी क्षेत्रका उद्योगीहरुको सहभागिता रहेको थियो ।
    कालिका नगरपालिकालाई उद्यमशिलता र बेरोजगारी समस्या समाधानको लागि चितवन उद्योग संघद्वारा प्रस्ताव पेश
    भरतपुर, ०६ पौष/चितवन उद्योग संघले हाल कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि कालिका नगरपालिकालाई प्रस्ताव पेश गरिएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले चितवन उद्योग संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने र संघले अघि सारेका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
    संघका अध्यक्ष पौडेलले चितवन उद्योग संघले उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।
    कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य एवं कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, कालिका इकाई समितिका उपाध्यक्ष एवं चितवन औद्योगिक विकास साकोसका सञ्चालक समिति सदस्य चन्द्रकान्त सुवेदी, कालिका इकाई समितिका कोषाध्यक्ष कल्पना आचार्य लगायतको सहभागिता रहेको थियो ।
    इच्छाकामना गाउँपालिकालाई चितवन उद्योग संघद्वारा प्रस्ताव पेश
    भरतपुर, ०६ पौष/चितवन उद्योग संघले हाल कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि इच्छाकामना गाउँपालिकालाई प्रस्ताव पेश गरिएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो । अध्यक्ष पौडेलले चितवन उद्योग संघले उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।
    कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले चितवन उद्योग संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने र संघले अघि सारेका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
    कार्यक्रममा इच्छाकामना गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, कार्यसमिति सदस्य एवं इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारी, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, इच्छाकामना इकाई समितिका उपाध्यक्ष शिवप्रसाद पौडेल, सचिव रामहरि कँडेल, कोषाध्यक्ष नरबहादुर नेपाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.