रत्ननगर/रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत मंगलबार राती सम्पन्न मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा नेकपा प्यानलका शंकर गिरी बिजयी हुनु भएको छ । गिरीले ६०४ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस निकटका उम्मेद्बवार देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा नेकपाका निकटका पुरु खनाल ५८९ मत प्राप्त गरी बिजयी हुनुभयो भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गर्नुभयो । भने बाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठले ५३७ मत प्राप्त गरी बिजयी हुनुभयो भने नेपाली काँग्रेस निकटका कविन घिमिरेले ३७७ मत तथा स्वतन्त्र उम्मेदवार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गर्नुभएको थियो ।
एसोसिएट उपाध्यक्षमा नेकपा निकटका राममणी थपलिया बिजयी हुनु भएको छ । थपलियाले ६६ मत र उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस प्यानलका हरि अधिकारीले ५३ मत प्राप्त गर्नुभयो । महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस निकटका ब्यबसायी माधवप्रसाद पौडेलले ४६० मत प्राप्त गर्नुभयो ।

त्यसैगरि कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेस प्यानलकी मीना उप्रेतीले ४७३ मत प्राप्त गर्नुभयो । उद्योग तर्फ सदस्यहरुमा नेकपा निकटका व्यावसायीहरु अनुप विसुराल ६४५ मत , सुवास मिश्र ५५० मत , उद्धबकुमार कोइराला ५३७ मत, रामप्रसाद पाण्डे ५६१ मत, महेन्द्र घिमिरे ६०० मत, विरञ्जना सापकोटा ६३९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । त्यसै गरी नेपाली काँग्रेस निकटका ब्यबसायीहरु बुद्धिराज ओझाले ३७७ मत , अरुणकुमार सिवाकोटीले ४०९ मत , शम्शेर घामल्यले ४४२ मत , सविन मानन्धरले ४७१ मत कपिल ढकालले ४२२ मत र हरिशरण भट्टराईले ४०७ मत प्राप्त गर्नुभएको थियो ।
बाणिज्यतर्फको सदस्यमा नेकपा निकटका व्यावसायीहरु अर्जुन बस्ताकोटीले ५४० मत , इश्वरी प्रसाद अर्यालले ६१२ मत, रामशरण नेपालले ६५९ मत, सुन्दरमणि सुवेदीले ६०६ मत, सुरेन्द्र दुवाडीले ६८५ मत, सूर्य प्रकाश रेग्मीले ६८९ मत, प्रकाशमणि सापकोटाले ५७८ मत र उत्तम घिमिरेले ५६८ मत प्राप्त गरी बिजयी हुनु भएको छ । नेपाली काँग्रेस निकटका व्यावसायीहरु सुरेन्द्रकुमार श्रेष्ठ ५१३ मत, यामनाथ आचार्य ४७० मत, हेमराज आचार्य ४९४ मत, कृष्ण चौधरी ५३७ मत, सागर दुवाडी ५२३ मत , सिताराम भट्टराई ४९४ मत, बुद्धराम जोशी ५२२ मत र सूर्यकान्त पौडेलले ३७० मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा नेकपा निकटका निर्मला सुवेदी ६२१ मत प्राप्त विजयी हुनु भएको भने उाहँका प्रतिद्वन्दी नेपाली काँग्रेस निकटका ब्यबासायी उर्मिलादेबी पोखरेलले ४७७ मत मात्र प्राप्त गर्नुभयो ।
बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भईसक्नु भएको छ ।
होटल स्टार व्यान्क्युटमा सम्पन्न भएको मतदानमा संघका १३ सय २५ मतदाता मध्ये ११ सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । त्यस्तै एसोशियटतर्फ १ सय ५० मतदाता मध्ये १ सय २१ मत खसेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा बिजयी हुने नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने संघको बिधानमा उल्लेख्य भएकोले वरिष्ठ उपाध्यक्षको चुनाबी प्रतिस्पर्धालाई बढी महत्वको रूपमा हेर्ने गरिएको छ । अबको कार्यकालको अध्यक्ष भने स्वतः रूपमा अनिलकृष्ण श्रेष्ठ रहनु हुनेछ । संघको ९औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने ७ सदस्य भने कार्य समितिले मनोनित गर्ने संघको बिधानमा व्यवस्था रहेको छ ।




