• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

उपरदाङगढीमा झन्डोत्तोलन सहितको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि स्थलगत अवलोकन


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • उपरदाङगढी, २७ मंसिर/चितवन उद्योग संघको आयोजनामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु र उद्योगीहरुको संयुक्त टोलीद्वारा उपरदाङगढीमा झन्डोत्तोलन सहितको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि स्थलगत अवलोकन सम्पन्न भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष एवं बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष (औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक) तथा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य राजु पौडेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई प्रमुख अतिथि र नेपाल उद्योग परिसंघका उपाध्यक्ष, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं चितवन प्रदर्शनी केन्द्रका अभियन्ता कृष्णप्रसाद अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
    कार्यक्रमका सभापति एवं संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित संघको गतिविधि र कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । उहाँले सम्भव भएसम्म शत प्रतिशत स्वदेशी उत्पादनको उपभोग गर्ने अभियानको घोषणा, चितवन उद्योग संघले रोजगार बैंक स्थापना गर्ने, चितवन उद्योग संघलाई औद्योगिक सूचना केन्द्रको रुपमा विकास गर्ने र सबै स्थानीय पालिकाहरुसँगको सहकार्यमा उद्योगीको क्षमता अभिवृद्धि र नयाँ रोजगारीको सिर्जनाको लागि अभियानको रुपमा अगाडि बढाईने बताउनुभयो ।
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर गुरुङले उपरदाङगढीको प्रवद्र्धनको लागि आवश्यक भौतिक पूर्वाधारको विकास गर्न माग गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाउनु भएको थियो ।
    त्यस्तै नेपाल उद्योग परिसंघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष, शक्तिखोर औद्योगिक क्षेत्रका अभियान्ता भेषराज दुवाडीले नयाँ–नयाँ उद्योगीहरुले पर्यटन उद्योग क्षेत्रमा ठूलो मात्रामा लगानी गर्न तयार रहेको त्यसका लागि सम्बन्धित निकायहरुले उद्योग स्थापनासँगै त्यसलाई जोगाई राख्न महत्वपूर्ण योजनाहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं चितवन प्रदर्शनी केन्द्रका अभियन्ता कृष्णप्रसाद अधिकारीले सरकारले औद्योगिक नीतिमा सुधार गर्न सक्यो भने मात्र औद्योगिक क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो –जब औद्योगिक क्षेत्र बलियो हुन्छ, तबमात्र देशको अर्थतन्त्र बलियो हुन्छ ।
    कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गढी निर्माणको तत्कालिन समयमा प्रयोग गरिएका यन्त्र, औजारहरु नेपाल एकीकरणको समयमा प्रयोग गरिएका तोपहरु लगायतका हातहतियारहरुको म्युजियम बनाई उचित सुरक्षा व्यवस्थाको प्रबन्ध गरी संरक्षण गर्न पहल गरिने बताउनुभयो ।
    कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रतिनिधि सुजन अर्याल, कालीबहादुर गण, भरतपुर व्यारेकका प्रमुख सेनानी विज्ञान खनाल, भरतपुर महानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, जुनियर प्रहरी अधिकृत शिक्षालयका बरिष्ठ प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ, शसस्त्र प्रहरी बल नेपाल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    त्यस्तै चितवनबाट बागमती प्रदेश उद्योग परिसंघमा प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष (संगठन विस्तार तथा उद्यमी क्षमता अभिवृद्धि विभागीय संयोजक)मा चयन हुनु भएका चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्ष (औद्योगिक नीति निर्माण समन्वय विभागीय संयोजक)मा चयन हुनु भएका चितवन उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद सदस्य राजु पौडेल तथा बागमती प्रदेश उद्योग परिसंघ परिषद सदस्यमा चयन हुनु भएका संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल तथा कार्य समिति सदस्यहरु बिष्णु पौडेल, हरि प्रसाद भट्ट र पुरुषोत्तम रिजाललाई सोही कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिले संयुक्त रुपमा बधाई ज्ञापन गर्नुभएको थियो ।
    त्यसैगरी कार्यक्रम अन्तर्गत जिल्ला अदालत वार एशोसिएसनबाट नव निर्वाचित अध्यक्ष लगायतको टिमलाई संघको तर्फबाट बधाई पत्र प्रदान गरिएको थियो । संघका अध्यक्ष राजु पौडेलद्वारा जारी बधाई पत्रमा चितवन जिल्ला अदालत वार एशोसिएसनको अध्यक्ष नै चितवन उद्योग संघको कानूनी सल्लाहकार रहने बिधानको व्यवस्था बमोजिम चितवन जिल्ला अदालत वार एशोसिएसनको मिति २०७७ कार्तिक २१ गते सम्पन्न २१ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं.२ निवासी अधिवक्ता तपाईं रामकृष्ण अधिकारीलाई संघको कानुनी सल्लाहकारमा मनोनित गरिएको व्यहोरा अवगत गराईएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.