• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

हिंसा न्युनिकरणका लागि शिक्षामा जोड


  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • गैंडाकोट/ हिंसा न्युनिकरणका लागि हरेक नागरिकले हिंसा नगर्ने प्रतिवद्धता सहित व्यवहारत कार्यान्वयनमा जानुपर्ने एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् ।

    Advertisement

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरको आयोजनामा भएको लैङ्गिक हिंसा रहित समाजको परिकल्पनामा, शिक्षा र मानव अधिकारको भुमिका र अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले त्यस्का लागि शिक्षालाई जोड दिनुपर्ने बताएका हुन् । हिंसा, शिक्षा र मानवअधिकारका विषयमा सबै सचेत बन्नुपर्नेमा उनिहरुको भनाई थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले हरेक नागरिकले हिंसा नगर्ने प्रतिवद्धता सहित व्यवहारत कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि शिक्षालाई मजबुत बनाउनुपर्ने बताउनुभयो । गैंडाकोट नगरपालिकाका उप प्रमुख एवं न्यायिक समिति संयोजक विष्णुकुमारी कंडेलले न्यायिक समिति मार्फत चेतनामुलक कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो । सबैको साथ र सहकार्यले मात्र हिंसा न्युनिकरण गर्न सकिने उहाँले बताउनुभयो । मानव अधिकार तथा शान्ती समाज नेपालका नवलपुर जिल्ला सभापति माधवप्रसाद गौतमले नीति तथा कानुन कार्यान्वन फितलो रहेकै कारण धेरैले न्याय पाउन नसकेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष होमराज रानाभाटले पत्रकारिता जगतले यस विषयमा आवाज उठाईरहेको जनाउँदै गरिरहेको रिपोर्टिङबारे जानकारी गराउनुभएको थियो । विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले शिक्षा क्षेत्रमा हुने गतिविधीबारे र गर्न सकिने कामका विषयमा जानकारी गराउनुभएको थियो । क्रियाशिल महिला पत्रकार समूह (डब्लुडब्लुजे) नवलपुरका जिल्ला अध्यक्ष धनु भुषालले कार्यक्षेत्रमा महिलाको अवस्था र महिला पत्रकारको रिपोर्टिङ अवस्थाबारे जानकारी गराउनुभएको थियो । जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किशोरीहरु हिंसामा परेका घटनाबारे जानकारी गराउँदै अवस्था दर्दनाक रहेको बताउनुभयो ।

    कार्यक्रममा विजय विकास स्रोत केन्द्रका कोषाध्यक्ष पार्वती कंडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का उपाध्यक्ष रामहरी शर्मा, गैर सरकारी संस्था महासंघ जिल्ला शाखाका प्रतिनिधि शारदा पाण्डे, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला उप संयोजक खुमनाथ पौडेल, लुम्बीनी प्लसका अध्यक्ष निर्मला पौडेल, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका प्रतिनिधि देविसरा पुलामी, मानव अधिकार तथा शान्ती समाज नेपालका जिल्ला सचिव कृष्णप्रसाद पराजुली, विजय विकास स्रोत केन्द्रका कार्यक्रम अधिकृत नर्मदा पाण्डे लगायतले आ आफ्नो धारणा राख्दै प्रभावकारी रुपमा गाउँ समुदाय स्तरमा नै कार्यक्रम अभियानका रुपमा नै गर्नुपर्ने बताएका थिए । त्यस्तै रेडियो संकेतका समाचार प्रमुख भुमिलाल पौडेल, ह्याप्पी एफएमका स्टेशन म्यानेजर आर्दश सुसिल, स्टार टेलिभिजनका संवाददाता विवेक भण्डारी, बुद्धदर्शन टेलिभिजनका संवाददाता यमु कुमाल लगायतले आफुले गरिरहेका काम र अब सरोकारवालाहरुको भूमिकाबारे सचेत गराएका थिए ।

    कार्यक्रमका अध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरका संयोजक लक्ष्मी गौतमले आएका सुझावलाई एकिकृत गरि नीति निर्माण तहमा सरोकारवालाहरुलाई सचेत गराउने बताउनुभयो । कार्यक्रमको सहजिकरण विजय एफएमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको थियो ।

    विजय विकास स्रोत केन्द्रको सहकार्य, विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका रुपमा मनाउने चलन छ । लैङ्गिक हिंसा विरुद्धको दिवसको यस वर्षको नारा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्वबद्धता” रहेको छ । साथै बिहिबार नै ७२ औं राष्ट्रिय मानव अधिकार दिवस मनाईएको छ । “महामारीमा मानवअधिकार, स्वास्थ्य सेवामा पहुँच विस्तार” भन्ने नारा सहित दिवस मनाईएको हो ।

    जीवनको अधिकारलाई मानिसको पहिलो र महत्त्वपूर्ण अधिकार मानिन्छ । मर्यादित एवम् सम्मानित रूपमा जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । जीवनको अधिकार सुरक्षित भएपछि मात्र अन्य अधिकारको उपभोग सम्भव छ ।

    यस आवमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदनमा आयोगमा मानव अधिकार उल्लंघन भएको भनी १३२ उजुरीहरू दर्ता भएको उल्लेख छ । आयोगमा दर्ता भएका र दर्ता गरिएका पुराना र नयाँ गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको उल्लेख छ ।

    अहिले पनि राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयमा नवलपुरका ३५ वटा उजुरी परेका छन् । आयोगले यस विषयमा अनुसन्धान गरिरहेको छ । परेका उजुरीहरु मध्ये द्वन्द्वसँग सम्बन्धित उजुरी धेरै रहेका छन् । द्वन्द्वकालिन घटनासँग सम्बन्धीत उजुरी पछि नवलपुरमा सबैभन्दा वढि हिंसासँग जोडिएका रहेका छन् ।

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.