• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपालमा एयर होस्टेज पेशामा अवसरहरु टन्नै छन् :प्रवन्ध निर्देशक बिशाल चापागाई


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • भरतपुर/धेरै युवतीहरु एयर होस्टेज बन्ने सपना देख्ने गर्दछन् । एयर होस्टेजहरुको आकर्षक जीवनशैलीकै कारण यो पेशाप्रती लालायित हुने युवतीहरुको ठुलै जमात छ । यो पेशामा पाइने सम्मान यसको अर्को कारण हो । युवतीहरुको एयर होस्टेज बन्ने सपना साकार गर्नका लागि चितवनमा एजुर एभिएसन एकेडेमी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय स्थापना गरी एजुर एभिएसनले एयर होस्टेज सम्बन्धी प्रशिक्षण शुरु गरेको छ । एजुर इण्डियाको शेल्टास एभिएसनको फ्रान्चाइज हो । प्रस्तुत छ एयर होस्टेज प्रशिक्षाणसँग सम्बधित रहेर हामीले एजुर एभिएसनका प्रवन्ध निर्देशक बिशाल चापागाईसँग गरेको संक्षिप्त कुराकानी :

    Advertisement

    १) सर्वप्रथम एजुर एभिएटर एकेडेमीको बिषयमा प्रकाश पारिदिनुस् न ।

    धन्यवाद, एजुर एभिएटर एकेडेमी एयर होस्टेजसँग सम्बन्धित कक्षा तथा प्रशिक्षण दिने संस्था हो । एजुर एभिएटर इण्डियाको शेल्टास एभिएसनको फ्रान्चाइज हो । शेल्टाससँग एमओयु गरेर नेपालमा हामीले फ्रान्चाइज भित्र्याएका हौं । हामी नेपालमा शेल्टासको एक मात्र फ्रान्चाइज हौं भने चितवनको सन्द्रभ भन्नु पर्दा चितवनमा पनि एयर होस्टेजसँग सम्बन्धि कक्षा सञ्चालन गर्ने हामी एक मात्र संस्था हौं ।

    २) तपाईहरुले शेल्टासको फ्रान्चाइजको रुपमा कहिलेबाट सेवा शुरु गर्नु भएको हो ?

    हामीले गत वर्षको जनवरीबाट नै भरतपुरको हाकिमचोकमा कार्यालय खोलेर सेवा शुरु गरेका हौं । तर कोभिड १९ को कारण गतवर्ष हामीले कक्षा सञ्चालन गर्न सकेनौं । अब आउदो जनवरीबाट कक्षाहरु शुरु हुनेछ । एयर होस्टेज पढ्न अथवा तालिम लिनका क्राइटेरियाहरु के(के हुन्छन् त भन्ने बिषय पनि म जानकारी गराउछु । कक्षा १२ पास भएका १८ देखि २६ वर्ष उमेर समुहकाले यसका एयर होस्टेजको कक्षा अथवा तालिम लिन सक्नेछन् भने हाइट न्युनतम ५ फिट १ इन्च हुन पर्छ ।

    ३) चितवनमा एयर होस्टेज बन्न चाहने विद्यार्थीहरु के कती छन् रु यस बारे केही अध्ययन गर्नुभएको छ ?

    म आँफै पनि शैक्षिक संस्थासँग आवद्ध छु । हामीले सन् २०१८ देखि नै चितवनमा एभिएसनको सम्भावना बारे अध्ययन शुरु गरेका थियौं । हामीले करिब ८ महिला जती अध्ययन गर्यौं । विद्यार्थीहरु यो पेशामा आकर्षित नहुने हुन् किरु यो बिषयमा ज्ञान नभएर नआउने हुन् किरु अभिभावकले एसेप्ट गर्न नसक्ने हुन् किरु भन्ने जस्ता चुनौतीका बिषयमा हामीले अध्ययन गरेका थियौं । केही कलेजमा गएर ५-७ वटा समुह बनाएर यस बिषयमा छलफल गर्दा धेरै विद्यार्थीहरु इच्छुक रहेको पायौं । भोलि उनिहरु पढ्छन् पढ्दैनन् त्यो त भोलिका दिन थाहा हुने बिषय भयो । तर एयर होस्टेज बन्न इच्छुक विद्यार्थीहरु चाँही धेरै छन् । फेरी सबै पढ्छन् भन्ने पनि छैन । अन्य बिषयहरुले पनि असर गर्ला तर त्यती धेरै संख्यामा विद्यार्थीहरुको इच्छा र अहिले बढ्दो ग्लामर क्रेज जे सँग यो पेशा सम्बन्धित पनि छ, यसका कारण अब चाँही हामीले चितवनमा शुरु गर्दा हुन्छ भन्ने निस्कर्षमा पुगेपछि फ्रान्चाइज लिएर गर्ने निर्णय गर्यौं । हुन त नेपालमा दुई चार जनाको समुह बनाएर ट्रेनिङ दिने परिपाटी पनि छ तर हामीले यसैमा भविष्य बनाउने चाहनेहरुलाई गुणस्तरीयता दिनु पर्छ भनेर फ्रान्चाइज लियौं ।

    ४) एक समय नर्सिङमा विद्यार्थीको रुची र अध्ययन गर्ने विद्यार्थीको संख्या पनि धेरै थियो । तर संख्या बढेसँगै काम नपाउने समस्या देखियो । अब एयर होस्टेज नामैले यसमा धेरैको रुची छ अहिले र पछि यसमा पनि त्यस्ता समस्या देखिन सक्ने बारे अध्ययन गर्नु भएको छ ?

    एयर होस्टेज ३ वर्षे ४ वर्षे कोर्ष गरेर परीक्षा दिएर नाम निकाल्न पर्ने बिषय होइन । यो एक प्रकारको तालिम नै हो । यसमा धेरै भिड हुने, यसको कलेज युनिभर्सिटि हुने भन्ने हुँदैन । यसको क्राइटेरिया धेरै छन् । नर्सिङ अध्ययनका लागि न उमेरले छेक्छ न त हाइटले । तर एयर होस्टेजका लागि उमेर, हाइट लगायतका क्राइटेरिया छन् । जस्तो उमेर १८ देखि २६ वर्षको हुनुपर्यो भने हाइट ५ फिट १ इन्च हुनुपर्यो । यस कारण संख्या थोरै हुन्छ । संख्या थोरै भएपछि अवसर स्वत: धेरै हुन्छ । तर अर्को बिषय के हो भने जहाँ धेरै चार्मिङ देखियो त्यहा झुम्मिने बढी हुन्छन् नै । त्यस्तो हुँदा पनि समस्या नै चाँही हुँदैन । नर्समा बाध्यता हुन्छ हस्पिटल मै काम गर्नका लागि चाहे पारिश्रमिक कम नै किन नहोस् । तर एयर क्राफ्ट कम्पनीमा त्यस्तो हुँदैन । यो हस्पिटालिटीसँग सम्बन्धित पेशा पनि हो । अब कोही तालिम लिएर पनि कारणबस एयर होस्टेज बन्न पाएनन् भने पनि बेरोजगार बस्नु पर्दैन किनकी ३ तारे, ५ तारे होटलहरुमा सजिलै राम्रो पारिश्रमिकमा काम पाँउछन् र हामी आँफै त्यस्को ग्यारेन्टी पनि गर्छौं ।

    ५) अहिले कुनै पनि बिषय अध्ययन गर्नु अघी त्यसबाट आउने अवसरहरु बारे विद्यार्थीहरु पहिल्यै नै बुझ्ने गर्छन् । यस्तोमा नेपालमै एयर होस्टेजको स्कोप चाँही कस्तो छ ?

    एयर होस्टेज बिशुद्ध ग्लामर पेशा पनि हो । एक समय थियो कुनै पनि अभिवावकहरुले आफ्ना छोरीहरुलाई ग्लामर पेशा अपनाएको रुचाउदैन थिए । तर अहिले विस्तारै समाजमा परिवर्तन आइरहेको छ । छोरा छोरीलाई समान रुपमा हेर्ने अवस्था बनिसकेको छ । र अहिले नेपालमा यो पेशामा अवसरहरु टन्नै छन् । नेपालमा अहिले १४ एयर क्राफ्ट कम्पनी छन् र बिस्तारै अरु पनि थपिदैछन् । यस्तै अहिले भएका कम्पनीहरुले पनि बिमान थप गरिरहेको छ र बिमानमै यात्रा गर्ने यात्रु पनि बढेका छन् । चितवन कै कुरा गरौं न, चितवनमा ३-४ वर्ष अघी वुद्ध र यतीले दिनमा १-२ वटा मात्र उडान गर्थे त्यो पनि काठमाडौं मात्र । अहिले त्यो संख्या ह्वात्तै बढेको छ । चितवनबाट पोखरा सिधै उडान शुरु भइसकेको छ । गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्दैछ, निजगढको पनि हुँदैछ, भरतपुर बिमानस्थल नै विस्तार हुँदैछ, अन्य विमानस्थल पनि विस्तार हुँदैछ । यसले थप अवसर सृजना गर्छ । विद्यार्थीले आफुले अध्ययन गरेको क्षेत्रमा भविष्य कस्तो छ भनेर हेर्ने हो । यसमा अवसरहरु प्रशस्तै छन् ।

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.