भरतपुर, ०९ मंसिर/चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा आयोजित छैठौ राष्ट्रिय उद्योग दिवस एक कार्यक्रमको बीच सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । भने आयोजक संस्था भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी विशेष आतिथ्यता एवं शसस्त्र प्रहरी बल नेपाल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित संघको गतिविधि जानकारी गराउनुभएको थियो भने, चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती र भरतपुर महानगरपालिकाका उद्योग शाखा प्रमुख अनुज घिमिरेले चितवनको औद्योगिक अवस्थाको बारेमा तयार पारेको प्रस्तुतिकरणलाई प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अन्तर्गत रोजगारी सिर्जना, आफ्नो उत्पादन मार्फत राज्यलाई आत्मनिर्भर बनाउनमा योगदान, राजश्वमा योगदान, सामाजिक उत्तरदायित्व वहनमा खेलेको भूमिका आदिका आधारमा गरिएको मूल्याङ्कनमा भरतपुर महानगरपालिका भित्रका उद्योगहरु मध्येबाट भरतपुर–४, चितवन स्थित जस्मिन पेन्ट्स प्रा.लि. र महिला उद्यमीको नेतृत्वमा सञ्चालन गरेर रोजगारी सिर्जना मार्फत पु¥याएको योगदानका आधारमा गरिएको मूल्याङ्गनमा भरतपुर महानगरपालिका भित्रका महिला उद्यमीबाट सञ्चालित उद्योगहरु मध्येबाट भरतपुर–१२, चितवन स्थित गौरव नेपाल ईन्जिनियरिड्ड प्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत उद्योगको तर्फबाट जस्मिन पेन्ट्स प्रा.लि.का सञ्चालक मधु अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले शुभकामना राख्नुभएको थियो भने, आन्तरिक राजश्व कार्यालयका प्रमुख घनश्याम पन्थी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा, जिल्ला तथ्याङ्ग कार्यालयका तथ्याङ्ग अधिकृत यज्ञमूर्ती भण्डारी, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज महरट्टा, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेश संगठन बिस्तार एवं उद्यमी क्षमता विभागका संयोजक भेषराज दुवाडी, गभर्निङ काउन्सिलका उपाध्यक्ष भीमबहादुर पाण्डे, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल, इच्छाकामना इकाई समितिका अध्यक्ष अमरबहादुर अधिकारी, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, रामचन्द्र अधिकारी, महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, युवा उद्यमी मञ्चका अध्यक्ष, अमर घिमिरे, महिला उद्यमी मञ्चका उपाध्यक्ष पार्वती कुँबर, सदस्यहरु दक्षिणा गैरे न्यौपाने, अम्बिका धिताल, कविता श्रेष्ठ, डम्बरकुमारी पोखरेल, सिर्जना सोती, चन्दना कोइराला, नमिता प्रधान, युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरेन्द्र कार्की, चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्यालज्यू, साकोसका सञ्चालक सदस्य भुमा आचार्य पोखरेललगायत उद्योगीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





