भरतपुर/ब्लुरेज प्रोडक्सनको आयोजनमा भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आयोजित मिस हेरिटेज चितवन २०२० मा स्वस्तिका विश्वकर्मा र अर्गानाइजर च्वाइस अन्तर्गत अंकिता महतो बिजेता बनेका छन् ।
करीब १ महिनाको टे«निङ पश्चात फोटोसुट, गु्रमिङ कक्षा, सामाजिक कार्यहरु, ट्यालेन्ट राउण्ड हुँदै, निर्णायकहरुको सोधेको प्रश्नउत्तर राउण्डको आधारमा अन्य प्रतियोगिहरुलाई पछि पार्दै प्रतियोगि नं. ४ की स्वस्तिका विश्वकर्मा र अर्गानाइजर च्वाइसका आधारमा प्रतियोगी नं. ३ की अंकिता महतो बिजेता बनेका हुन् । त्यस्तै प्रतियोगि नं. २ की स्नेहा चौधरी फष्ट रनरअफ, प्रतियोगी नं. १ की अस्मिता क्षेत्री सेकेण्ड रनरअफ हुन सफल भएका छन् ।
कार्यक्रम अन्तर्गत अस्मिता क्षेत्रीलाई मिस पसार्नलिटी, स्नेह चौधरीलाई मिस वार्क, अंकिता महतोलाई मिस फोटोजेनिक र भ्युअर च्वाइस, स्वस्तिका विश्वकर्मालाई मिस मल्टीमिडिया, अन्जना अधिकारीलाई ब्यूटी अफ ब्रेन र तिर्सना परियारलाई वेष्ट डे«सको उपाधि समेत प्रदान गरिएको थियो ।
समाजसेवी एवं युवा व्यवसायी सुनिल पंगेनी प्रमुख अतिथि रहनुभएको प्रतियोगितामा समाजसेवी एवं युवा उद्यमी राकेशमान श्रेष्ठ प्रमुख निर्णायक, बरिष्ठ सञ्चारकर्मी राजु भट्ट, मिस कल्चरलकी बिजेता पुजा सिंह निर्णायकको भूमिकामा रहनुभएको थियो ।
उज्ज्वल फोटोग्राफीले फोटो एवं भिडियो खिचेको उक्त कार्यक्रमका सहभागीहरुलाई सपना तिवारीले डे«स डिजाइन गर्नुभएको थियो भने कार्यक्रमको कोरियोग्राफरमा सेलिना बानियाँ र आरजु अधिकारी रहेका थिए ।





