“आमा तिम्रो यादले सताउँछ जहिले भन्ने नयाँ गीत सार्वजनिक भएको छ । द पिक डिजिटल रेकर्डिङ स्टुडियो, बानेश्वरमा रेर्कड गरिएको उक्त गीतमा शब्द, संगित र स्वर प्रताप सुब्बाको रहेको छ । उक्त गीतमा म्यूजिक एरेन्ज भने दिनेश राजबहकको रहेको छ । गुरु भोटियाद्वारा सम्पादन गरिएको उक्त भिडियो गुरु अनलाईन टिभिबाट सार्वजनिक गरिएको छ । आमाको साथ हँदा हुने खुसी, उत्साह, उमंग तर आमाको साथ छुटेपछि हुने पिडा भने अत्यन्तै पिडादायी भएको कुरा सुब्बाले यस गीत मार्फत प्रस्तुत गर्न खोजेका छन् । आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सुब्बाले व्यक्त गरेका छन् ।https://youtu.be/MfF1jfu5eZo

Advertisement




