‘लाहुर’ को सफलतापछि नेपाली रक-फ्युजन ब्यान्ड ‘समकालीन’ ले आफ्नो दोस्रो सिङ्गल ‘सुन्तली ब्लुज’ (Suntali Blues) सार्वजनिक गरेको छ।
नेपाली मौलिक लोक भावना र कथावस्तुलाई आधुनिक ब्लुज-रक (Blues-Rock) को सांगीतिक ढाँचामा प्रस्तुत गरिएको यो गीतमा आधुनिक रफ-ग्रिटी रकको सुन्दर सन्तुलन सुन्न सकिन्छ।
ब्यान्डका अनुसार ‘लाहुर’ लाई श्रोता तथा दर्शकहरूले दिनुभएको माया र हौसलापछि ‘सुन्तली ब्लुज’ मार्फत अझ फरक सांगीतिक स्वाद पस्कने प्रयास गरिएको हो।
यो गीत Spotify, Apple Music लगायतका प्रमुख अन्तर्राष्ट्रिय डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूका साथै ब्यान्डको आधिकारिक युट्युब च्यानलमा उपलब्ध भइसकेको छ। हाललाई Lyrical Video सार्वजनिक गरेको ब्यान्डले छिट्टै Musical Video दर्शक माझ ल्याउने तयारी गरिरहेको छ।
समकालीन आबद्ध कलाकारहरू:
भोकल: नवराज थापा क्षेत्री
बेस: सरिन के.सी.
ड्रम्स: निकेश मान जोशी
गिटार: क्षितिज शेरचन
ब्यान्ड सम्पर्क / मिडिया इन्क्वायरी:
ब्यान्ड: समकालीन (SamaKaalin)
Mail: samakaaalin@gmail.com
Mobile: +977 9811622734
तल दिइएको लिङ्कमा क्लिक गरि गाना सुन्न सकिनेछ।
Advertisement




