दोभान प्रहरीका अनुसार रातभर परेको अविरल वर्षाका कारण सिद्धबाबा क्षेत्रको ड्याम साहृडमा अहिले माथिबाट पहिरो झरिरहेको छ । पहिरो सफा गर्ने क्रम जारी रहेपनि माथिबाट निरन्तर पहिरो झर्दा सडक खुलाउन समस्या भएको छ । उक्त सडक हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । थप जानकारीका लागि दोभान प्रहरी चौकी : ९८५७०९१५०७ मा सम्पर्क गर्नुहोस्
Advertisement




