ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टरिगाँउ दाङमा तुलसीपुर ४ बनहरी कि सदस्य सीता कुमारी गौतमले रु. ६,००,०००/- (छ लाख रुपैयाँ ) मात्र कर्जा उपभोग गरि राख्नु भएको र उहाँको श्रीमान झउलाल न्यौपानेको निधन भए पछी सदस्यले संस्थाबाट पाउने बिमा रकम र काजक्रिया खर्च सुविधा बापतको एकमुष्ट रकम रु. ६,१७,५००/- ( छ लाख सत्र हजार पाँच सय रुपैया ) मात्र तुलसीपुर ४ बनहरीका टोल प्रमुख भुवन सि चौधरी, समाज सेवी सालिक राम चौधरी, संस्थाका टरिगाँउ स्टेसनका प्रमुख सतिस पौडेल, शाखा प्रमुख चेतना के.सी.को रोहवरमा समुहका सम्पुर्ण सदस्य र केही स्थानीयको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको थियो, कार्यक्रम सञ्चालन तथा कर्जा र बिमा सुबिधाको बारेमा शाखा प्रमुख चेतना के.सी.ले प्रष्ट पार्नु भएको थियो भने हालको अवस्थामा लघुवित्तको महत्व बारेमा स्टेसन प्रमुख सतिस पौडेलले उपस्थित सम्पूर्णलाई जानकारी गर्नुभएको थियो । दु:खको बेला संस्थाले मलम पट्टि लगाउने काम गरेकोमा संस्था प्रती खुशी व्यक्त गर्दै यस संस्थाले खाली कर्जा र बचतमा मात्र सिमित नभई विभिन्न सामाजिक काममा समेत महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको र संस्थामा सहि तरिकाले कर्जा उपभोग गरे मृत्यु पश्चात पनि परिवारमा राहत मिल्ने कुरा राख्दै कार्यक्रमका सभाध्यक्ष तथा तुलसीपुर ४ बनहरीका टोल प्रमुख भुवन सि चौधरीले यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.परिवारलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
तपाईको प्रतिक्रिया




