• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रसुवा बाढी पीडितका लागि समाजसेवी सरोज न्यौपानेको पहलमा ५४५ परिवारलाई राहत

  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • काठमाडौं/रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफन्त तथा चिनजानका व्यक्तिको सहारामा बस्दै आएका ५४५ घरपरिवारलाई समाजसेवी सरोज न्यौपानेको पहलमा राहत सामग्री वितरण गरिएको छ।

    Advertisement

    बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडालगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो। बाढीपछि राहत तथा सहयोगका कार्यक्रमहरू मुख्यतः प्रभावित जिल्लामै केन्द्रित भइरहेका बेला काठमाडौंमा बसोबास गरिरहेका पीडित परिवार राहतबाट छुट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरू बसोबास गरिरहेको स्थानमै पुगेर राहत उपलब्ध गराइएको न्यौपानेले बताए।

    बाढी आएदेखि नै पीडितको आवश्यकता पहिचान तथा राहत व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकाससम्बन्धी निकाय, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लब लगायतका विभिन्न निकायसँग निरन्तर समन्वय गर्दै आएको न्यौपानेको भनाइ छ।

    तर, राहत अभियानको अगुवाइ गरिरहेका न्यौपाने स्वयं भने गहिरो व्यक्तिगत पीडामा छन्। बाढीका कारण उनकै परिवारका १० जना सदस्य अझै बेपत्ता छन्। परिवारका सदस्यहरूको अवस्था अज्ञात रहँदा पनि व्यक्तिगत पीडालाई थाती राखेर उनी बाढी प्रभावितको उद्धार, राहत र व्यवस्थापनमा निरन्तर खटिरहेका छन्।

    विशेषगरी रसुवाको उत्तरगया क्षेत्रका बाढी प्रभावित परिवारले प्रत्यक्ष रूपमा राहत प्राप्त गरेको बताएका छन्। बाढीका कारण घर, व्यवसाय तथा दैनिक जीवनयापनमा ठूलो क्षति व्यहोरेका पीडितहरू काठमाडौंमा आएर आफन्तको आश्रयमा बसिरहेका छन्। कतिपय पीडितहरू आफ्ना दिवंगत आफन्तको किरिया कर्ममा समेत रहेका अवस्थामा राहत उपलब्ध गराइएकाले दुःखको घडीमा केही राहत मिलेको उनीहरूले बताएका छन्।

    राहत वितरणका क्रममा न्यौपानेले बाढीबाट प्रभावित नागरिकको पीडामा सकेसम्म मलम लगाउने उद्देश्यले आफूले अभियान थालेको बताए।

    “बाढी प्रभावितको पीडामा मलम लगाउन र कठिन अवस्थामा रहेका परिवारलाई केही सहज बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,” उनले भने।

    बाढीपछि विस्थापित भएर काठमाडौंमा आश्रय लिइरहेका प्रभावित परिवारको अवस्था बुझ्दै आवश्यक सहयोगलाई निरन्तरता दिने तथा वास्तविक पीडितसम्म राहत पुर्‍याउन सम्बन्धित सरकारी निकाय, सामाजिक संघसंस्था र सहयोगीहरूसँग थप समन्वय गर्ने न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले बाढी प्रभावित परिवारको गास, बास र कपासको व्यवस्थापनमा सहयोग पुर्‍याउन आफू निरन्तर सक्रिय रहने बताएका छन् !

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.