भरतपुरका श्रमिक नेता दीपककुमार सिलवालले भोटेकोशी बाढीबाट प्रभावित चार असहाय परिवारलाई प्रतिपरिवार एक–एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । सिलवालले धादिङको बेनीघाट–४, इराङस्थित सुरक्षित स्थानमा उक्त जग्गा उपलब्ध गराउने बताएका छन् ।
उनले भनेका छन्, “गरिब र असहाय परिवार छन् भने महाविपत्तिको अवस्थामा चार परिवारलाई प्रतिपरिवार एक रोपनीका दरले जग्गा निःशुल्क दिन्छु। पास खर्च राज्यले हेरोस्।” सिलवाल भरतपुरमा यातायात ब्यवसायी संघमा श्रमिक नेताका रुपमा क्रियाशिल छन् ।
Advertisement




