भरतपुर/चितवन अटोमोबाइल रिकन्डिसन एशोसिएसनद्वारा भाद्र १० गते तिब्बत क्षेत्रबाट आएको बाढीका कारण नेपालको उत्तरी तथा मध्य पहाडी क्षेत्र हुँदै रसुवा, धादिङ, नुवाकोट तथा चितवनका विभिन्न तटीय क्षेत्रमा पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
एशोसिएसनले प्राकृतिक विपत्तिमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै सुरक्षित पुनःस्थापना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यस राष्ट्रिय विपदको संवेदनशीलतालाई मनन गर्दै, संस्थागत सामाजिक उत्तरदायित्व स्वरूप हामीले उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुयाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु.१,३०,३३३।– (अक्षरेपी एक लाख तीस हजार तीन सय तेत्तीस रूपैया) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

हाम्रो यो सानो योगदानले विपदमा पर्नु भएका नागरिकहरूको घाउमा मलम लगाउन र उहाँहरूको जीवनलाई पुनः सहज बनाउन केही हद सम्म मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वासका साथ विषम परिस्थितिमा राज्यको अभियानलाई साथ दिन सम्पूर्ण आमनागरिक, व्यवसायिक प्रतिष्ठान र संघसंस्थाहरूलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिएको चितवन अटोमोबाइल रिकन्डिसन एशोसिएसनका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।




