• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

चितवन रोटरीको संयुक्त रक्तदान कार्यक्रम


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • रोटरी क्लब अफ चितवन, कमलनगर बजार व्यवस्थापन समिति (कमलनगर नारायणगढ),  बीवाईडी चितवन, लायन्स क्लब अफ नारायणगढ संगमचोक (डिस्ट्रिक्ट मोडल क्लब), लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीविनी तथा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको संयुक्त आयोजनामा कमलनगर, नारायणगढ र बीवाईडी पार्क, गोन्द्राङमा संयुक्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    Advertisement

    रोटरी क्लब अफ चितवनको तर्फबाट कार्यक्रमको संयोजन सदस्य रो. मनोज बरनवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहित रोटरीको परिचय तथा बाढि पहिरो प्रभावित लाई क्लबले गरिरहेको राहत वितरण तयारी बारे क्लबका प्रथम उपाध्यक्ष रो. इ. पुरन सुवेदीले बताउनु भएको थियो। कार्यक्रममा रक्तदानको महत्त्व, नियमित रक्तदानको आवश्यकता तथा मानवीय सेवामा स्वयंसेवी संस्थाहरूको भूमिकाबारे समेत चर्चा गरिएको थियो।

    सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    दुवै स्थानमा गरि कार्यक्रममा १५१ पिन्ट रक्त संकलन गरिएको मनोनित अध्यक्ष रो. गोपाल भट्टराईले बताउदै क्लब संकलित रक्तले आवश्यकता परेका बिरामीहरूलाई समयमै रक्त उपलब्ध गराउन सहयोग पुग्नुका साथै रक्त अभावका कारण उपचारमा आउन सक्ने कठिनाइलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास विश्वास लिइएको जानकारी दिनुभयो ।

    कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्षहरु रो. टीकाराम कँडेल,  रो. उत्तम लाल चुके, रो. रोशन पिया, रो भानु शर्मा मनोनित अध्यक्ष रो. गोपाल भट्टराई, प्रथम उपाध्यक्ष रो. ई. पुरन सुवेदी, द्वितीय उपाध्यक्ष रो. शाङ्ग्रिला श्रेष्ठ, सचिव रो. रोशन खरेल, कोषाध्यक्ष रो. योगिता पिया, सह सचिब रो कविता चुके, रो. निरज खनाल, सार्जेन्ट एट आर्म्स रो जनक कुमार ढकाल सह– सम्पादक  रो. अच्युत न्यौपाने तथा सदस्य रो. मनोज बरनवाल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा पूर्व अध्यक्ष रो. रोशन पिया,  श्रेष्ठ, सचिव रो. रोशन खरेल, कोषाध्यक्ष रो. योगिता पिया, सदस्य रो. मनोज बरनवालले समेत स्वयं रक्तदान गरी मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।

    “तपाईंको रक्तले एउटा जीवन बचाउन सक्छ” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदानका लागि समुदायलाई प्रेरित गरेको छ ।

    रोटरी क्लब अफ चितवन तथा सहभागी सम्पूर्ण संस्थाहरूको संयुक्त प्रयासमा सम्पन्न यस रक्तदान कार्यक्रमले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक सहकार्यको भावनालाई थप मजबुत बनाएको छ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.