स्पाउस क्लब अफ आर सि चितवन संगको संयुक्त आयोजनामा विद्यालय परिसरमा महिनावारी स्वच्छता सचेतना अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा छात्राहरूलाई महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, स्वास्थ्य तथा स्वच्छताका उपायबारे स्पाउस क्लब अफ आर चितवनकी अधक्ष्य जानकी शर्माले जानकारी प्रदान प्रदान गर्नु भयको थियो । महिनावारीसँग सम्बन्धित भ्रम तथा संकोच हटाउँदै किशोरीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
क्लबका पूर्व अधक्ष्य रो उत्तम लाल चुकेले क्लबले बन्दीपुरमा यस अघि आकर्षक सडक बत्ति स्थापना गरी पर्यटकीय गतिबिधि बढाएको स्मरण गर्दै अब हुने परियोजनाले बिध्यर्थिको जीवनमा सकारात्मक परिवर्तन हुने विश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्र मान श्रेष्ठले शिक्षा र स्वास्थ्य समुदाय विकासका आधारभूत पक्ष भएकाले क्लबले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनु भयो । उहाले भानु माध्यमिक विद्यालयमा सुरु गरिएको शिक्षक तालिम सहयोग परियोजनाले शिक्षकको क्षमता अभिवृद्धि गर्दै सहर र ग्रामीण क्षेत्रका विद्यार्थीहरूको सिकाइमा समान अवसर प्राप्त हुने र सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्षहरू रो. उत्तमलाल चुके, रो दिलिप पिया, रो दीपक प्रधान र रो. भानु शर्मा, निर्वाचित अध्यक्ष रो. राजन पिया, मनोनीत अध्यक्ष रो. गोपाल भट्टराई, सचिव रो रोशन खरेल सहसचिव रो. कविता चुके, तथा कम्युनिटी सर्भिस प्रोजेक्टका संयोजक रोटेरियन गुनेश्वर महतो, स्पाउस क्लब अफ आर सि चितवनकी अधक्ष्य जानकी शर्मा, तथा सदश्यहरु जलाश्री श्रेष्ठ, मना पिया, रोशनी प्रधान, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव रो रोशन खरेलले गर्नु भएको थियो ।एकै दिन शिक्षा, स्वास्थ्य तथा क्षमता विकाससँग सम्बन्धित तीनवटा कार्यक्रम सञ्चालन गर्दै रोटरी क्लब अफ चितवनले समुदायकेन्द्रित सेवाको निरन्तरतालाई थप प्रभावकारी बनाएको छ । क्लबले यस्ता कार्यक्रममार्फत विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकास, किशोरीहरूको स्वास्थ्य तथा स्वच्छता चेतना र शिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।




