• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूलb परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवम् व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

    Advertisement

    उनले नेपालमा युवा जनशक्तिको अभाव नभए पनि युवाको प्रतिभालाई सीप, उत्पादकत्व, उद्यमशीलता र अर्थपूर्ण रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताए। बदलिँदो विश्व श्रम बजारअनुसार युवाले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उल्लेख गर्दै उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण र उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी तथा व्यवसायको परम्परागत स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको बताए।

    अग्रवालका अनुसार अब नेपालमै बसेर विदेशका कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको छ। सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, जलविद्युत् तथा हरित ऊर्जा, उत्पादन तथा निर्यातमुखी उद्योग, आधुनिक कृषि तथा कृषिजन्य व्यवसायमा युवाका लागि ठूलो सम्भावना रहेको उनले बताए।

    बैंकिङ, वित्तीय तथा बीमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै अग्रवालले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र अनुकूल वातावरणलाई उपयोग गर्दै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने बताए।

    निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, चरित्र र जिम्मेवारीबोध भएका जनशक्ति खोजिरहेको उनले बताए। डिग्री मात्र व्यावसायिक सफलताको आधार नभएको उल्लेख गर्दै अग्रवालले उच्च अंक वा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थी मात्र व्यावहारिक जीवनमा सफल हुने निश्चित नभएको बताए। वास्तविक कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञानलाई निजी क्षेत्रले बढी महत्व दिने उनको भनाइ थियो।

    निजी क्षेत्रले स्पष्ट रूपमा सञ्चार गर्न सक्ने, समस्या पहिचान गरी समाधान निकाल्न सक्ने, समूहमा काम गर्न सक्ने, परिवर्तनअनुसार आफूलाई ढाल्न सक्ने र जिम्मेवारी लिन सक्ने युवालाई प्राथमिकता दिने उनले बताए। व्यवसाय विश्वासमा निर्माण हुने भएकाले प्रतिभासँगै इमानदारी र चरित्र पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो।

    आज सिकेको ज्ञान भोलि नै पुरानो हुन सक्ने भएकाले युवाले जीवनभर सिक्ने संस्कार विकास गर्नुपर्ने अग्रवालले बताए। सिक्ने इच्छा, मेहनत गर्ने बानी, सुझाव स्वीकार गर्ने क्षमता र आफूलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता भएका युवाको करियर दीर्घकालीन रूपमा अघि बढ्ने उनले उल्लेख गरे।

    कृत्रिम बुद्धिमत्ताले रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन ल्याउने भए पनि त्यसलाई केवल रोजगारी खोस्ने प्रविधिका रूपमा हेर्न नहुने उनले बताए। “एआईले मेरो रोजगारी खोस्छ कि खोस्दैन भन्नेभन्दा अरूभन्दा राम्रोसँग एआई प्रयोग गर्न सक्ने व्यक्ति कसरी बन्ने भन्ने प्रश्न गर्नुपर्छ,” उनले भने। विद्यार्थीले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्न सिक्नुपर्ने उनले बताए। प्रविधिले नैतिकता, सहानुभूति, विवेक, नेतृत्व, साहस र जिम्मेवारीजस्ता मानवीय गुणलाई भने प्रतिस्थापन गर्न नसक्ने उनको भनाइ थियो।

    नेपालमा युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको अग्रवालले बताए। विश्वविद्यालय तथा तालिम संस्थाले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्नुपर्ने भन्दै उनले व्यावहारिक शिक्षा, इन्टर्नसिप, उद्यमशीलता, व्यावसायिक सीप, डिजिटल दक्षता तथा उद्योग–शैक्षिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

    निजी क्षेत्रले पनि युवा प्रतिभा विकासमा थप जिम्मेवारी लिनुपर्ने र सरकारले व्यवसायमा लगानी गर्न, नवप्रवर्तन गर्न तथा विस्तार गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए। लगानीको संरक्षण, उद्यमशीलताको प्रोत्साहन, नवप्रवर्तनको सम्मान र योग्यताको कदर हुने वातावरण निर्माण भएमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बलियो हुने उनको भनाइ थियो।

    नेपालसँग युवा जनशक्ति, प्राकृतिक स्रोत, उद्यमशील ऊर्जा र विश्वका दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक भौगोलिक अवस्थिति रहेको उल्लेख गर्दै अग्रवालले यी सम्भावनालाई उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सले लगानी, उद्यमशीलता, नवप्रवर्तन, सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने नीतिका लागि निरन्तर पैरवी गर्दै आएको उनले जानकारी दिए।

    विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, सीप विकास गर्न, प्रविधिलाई आत्मसात् गर्न र आफ्नो इमानदारी कायम राख्न आग्रह गर्दै अग्रवालले केवल रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। नेपालमै बसेर व्यवसाय निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न युवाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो। कार्यक्रममा उनले नयाँ व्यावसायिक यात्रामा प्रवेश गर्न लागेका विद्यार्थीलाई शुभकामना दिँदै युवाको भविष्यसँगै नेपालको भविष्य पनि उज्ज्वल रहेको बताए।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.