भरतपुर/चितवनको भरतपुर–१० स्थित सफल मोटर्स प्रा.लि.ले टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी टाटा पन्च ईभीको नयाँ संस्करणको बिक्री तथा वितरण शुभारम्भ गरेको छ। मंगलबार आयोजित कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डित र सफल मोटर्स प्रा.लि.का अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा नयाँ पन्च ईभीको बिक्री वितरण शुभारम्भ गरेका हुन्।
कार्यक्रममा सफल मोटर्सका अध्यक्ष भट्टराईले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर नयाँ संस्करणको पन्च ईभी बजारमा ल्याइएको बताए। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट ड्राइभिङ अनुभव तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण पन्च ईभी नेपाली बजारमा थप लोकप्रिय बन्ने उनको विश्वास छ।
यसैगरी, टाटा मोटर्सको विद्युतीय ह्याचब्याक Tiago EV पनि ग्राहकका लागि उपलब्ध रहेको सफल मोटर्सले जनाएको छ। Tiago EV को Pure+ 24 kWh भेरियन्टको मूल्य २८ लाख ९९ हजार र Creative+ 24 kWh को मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ। सफल मोटर्सले टाटा विद्युतीय सवारीका ग्राहकलाई बिक्रीपछिको सेवामा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीले विश्वसनीय सर्भिस, जेन्युइन स्पेयर पार्ट्स, प्राविधिक सहयोग तथा ग्राहक सेवा उपलब्ध गराउँदै आएको जनाएको हो। नयाँ पन्च ईभी र टियागो ईभीबारे विस्तृत जानकारी, टेस्ट ड्राइभ तथा बुकिङका लागि सफल मोटर्स प्रा.लि., भरतपुर–१०, चितवनमा सम्पर्क गर्न सकिनेछ।




