भरतपुर/विश्व युवा दिवसको अवसरमा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनामा गुरु मन्त्र सिजन–२ कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका गुरु मार्गदर्शक चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलको मार्गदर्शन तथा आशीर्वाद प्रदान गर्नुभएको थियो । पौडेलले आफ्नो तीन दशक लामो औद्योगिक यात्रामा भोगेका विषयहरुलाई युवा उद्यमीहरु मझ प्रस्तुत गर्नुभएको थियो । उद्यमशिलतामा लाग्ने युवाहरु उद्यमीहरुले पौडेलको अनुभवहरुलाई अनुशरण गरेर अगाडि बड्ने बताएका छन् ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक अनिश पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घिमिरेले आफ्नो सीप, क्षमता र सिर्जनशीलतालाई प्रयोग गर्दै उद्यमशीलतामा लाग्न उद्यमीहरुलाई प्रेरित गर्नुभयो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक प्रबिन काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
गुरु मन्त्र सिजन–२ कार्यक्रम सम्पन्न
गुरु मन्त्र सिजन–२ कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




