वि.सं. २०८३ साल श्रावण १७ गते चार्टर प्रेसिडेन्ट लायन दिलीप घिमिरेको अध्यक्षतामा लायन्स क्लब अफ चितवन मनकामना को औपचारिक गठन सम्पन्न भएको छ। कार्यक्रममा डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पण्डित प्रमुख अतिथि रहनुभएको थियो भने क्लबका संरक्षक लायन धुर्ब काफ्लेज्यूको विशेष संरक्षणमा नवगठित क्लबको घोषणा गरिएको थियो।
कार्यक्रममा लायन्स अभियानका उद्देश्य, सामाजिक सेवामा क्लबको भूमिका तथा मानवीय सेवाप्रति सदस्यहरूको प्रतिबद्धताबारे चर्चा गरिएको थियो। नवगठित लायन्स क्लब अफ चितवन मनकामना ले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन कविता खतिवडा घिमिरेले गर्नुभएको थियो।
Advertisement




