• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • खैरहनी/खैरहनी नगरपालिका–१० र ११ का अति विपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ। भरोसा फाउण्डेशन ललितपुर नेपालको सहयोग र कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत मुसहर बस्तीका ४५ तथा बोटे बस्तीका ४१ घरधुरीमा घरघरमै शुद्ध खानेपानीको सुविधा पुगेको हो । धारा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा भरोसा फाउण्डेशनका निर्देशक काम पाइतेले अति विपन्न समुदायसम्म स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। उहाँले स्वच्छ खानेपानीले नागरिकको स्वास्थ्य सुधारका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “यहाँ भएको कामले मेरो मन छोएको छ। समुदायको आवश्यकताअनुसार आगामी दिनमा पनि तपाईंहरूसँग सहकार्य गर्दै अझ प्रभावकारी कार्यक्रम अघि बढाउनेछौँ ।” — काम पाइते कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जोखा चौधरीका अनुसार धारा जडानका लागि २७१ घरधुरीबाट निवेदन परेको भए पनि पहिलो चरणमा सबैभन्दा अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर ८६ घरधुरीमा धारा जडान गरिएको हो ।

    Advertisement

    मुसहर बस्तीमा यसअघि ४५ घरधुरीका लागि तीनवटा मात्र चापाकल रहेकाले दैनिक एक घण्टासम्म लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । अहिले घरघरमै धारा जडान भएपछि स्थानीयवासी अत्यन्तै खुशी भएका छन् । स्थानीय सविना माझीले भन्नुभयो, “पहिले बिहानैदेखि पानीका लागि लाइन बस्नुपर्थ्यो। धेरै दुःख हुन्थ्यो। अहिले आफ्नै घरमा धारा आएपछि निकै सहज भएको छ। हाम्रो परिवार मात्र होइन, सिंगो बस्ती नै खुशी छ।” अर्का स्थानीय रामबहादुर बोटेले पनि खानेपानीको सुविधा पुगेपछि बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष राहत पुगेको बताउनुभयो। भरोसा फाउण्डेशनका सल्लाहकार कृष्णप्रसाद अर्यालले धारा जडानसँगै पानीको दुरुपयोग रोक्न समुदायसँग सहमति गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक पानी खपत गर्ने तथा सामाजिक अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेलाई समुदायको निर्णयअनुसार जरिवाना गर्ने व्यवस्था गरिएको छ। यसले खानेपानीको दिगो व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। भरोसा फाउण्डेशनका सल्लाहकार मधुसुदन उप्रेतीले खानेपानी केवल पूर्वाधार मात्र नभई स्वास्थ्य, सरसफाइ र सामाजिक रूपान्तरणसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्नुभयो। “घरघरमा स्वच्छ खानेपानी पुगेपछि सरसफाइको अवस्था सुधारिन्छ, रोगको जोखिम घट्छ र समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ। यस्तो अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ।” — मधुसुदन उप्रेती कार्यक्रममा भरोसा फाउण्डेशनका अध्यक्ष दिपक बोहोरा, सल्लाहकार चिन पाइते, नरहरि सापकोटा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै विपन्न समुदायको जीवनस्तर उकास्ने अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। भरोसा फाउण्डेशनको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त योजनाले विपन्न समुदायमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नुका साथै सरसफाइ र स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन कृष्ण बहादुर वर्देवाले गर्नुभएको थियो ।

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.