राप्ती/राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ ।
स्थानीय सरकारसंग सहकार्य गरी सपना भिलेज साेसियल इम्प्याक्टले सो संख्यामा धुवाँरहित चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
नगरपालिकासंगकाे सहकार्यमा ४०५ वटा र समुदायसंगको सहकार्यमा १०२ वटा चुलो वितरण गरिएको गिरीले जानकारी दिए । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको छ ।
धुवाँरहित चुलोले स्वस्थ्य परिवार, हराभरा वन, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीले बताए ।
सपना भिलेजले यस अघि इच्छाकामना गाउँपालिका सहित कालिका, रत्ननगर र खैरहनीमा चुलो वितरण गरिसकेको छ

Advertisement




