• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भन्सार कार्यालयले पहिलो वर्ष कुल २ खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार राजश्व संकलन


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • वीरगन्ज । पर्साको सिर्सियामा रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास मेटेर सरकारले वीरगन्ज भन्सारमा नै गाभेपछि यो भन्सार कार्यालयले पहिलो वर्ष कुल २ खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार राजश्व संकलन गरेको छ । मुलुकको प्रमुख भन्सार नाकालाई विभागले दिएको लक्ष्यको तुलनामा ८९ दशमलब २४ प्रतिशत प्रगति देखिएको हो ।

    Advertisement

    साविकका दुई ठूला भन्सार गाभेपछि पनि विभागले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षका लागि ५ अर्ब ६१ करोड ४ लाख १२ हजार सिलिङ भने घटाएर लक्ष्य निधारण गरेको पाइएको छ । यो भनेको आर्थिक वर्ष (आब) ०८२–८३ का लागि विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड ४७ लाख ९५ हजार मात्र लक्ष्य दिएको हो । जबकी अघिल्लो आर्थिक वर्ष यही भन्सारलाई कुल २ खर्ब ७९ अर्ब ५२ लाख ७ हजार लक्ष्य दिएको कार्यालयको तथ्याँकमा नै उल्लेख गरिएको छ ।

    नेपालको पहिलो ड्राइपोट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको अलग्गै अस्तित्व नरहने गरी सरकारी निर्णयसँगै ०८२ साउनदेखि साविकको सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालयको एउटा महाशाखाका रुपमा कायम छ । यसले पनि संकलित गरेको राजश्व समेत गरी वीरगन्ज भन्सारको गत आ.ब.कुल २ खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख कृष्ण प्रसाद मैनालीले बताए । यो भनेको लक्ष्यको तुलनामा १० दशमलब ७६ प्रतिशतमात्र कम भएको उनको भनाइ छ ।

    साविकका दुईवटा भन्सार कार्यालय एकै ठाउँमा गाभिएपछि वीरगन्ज भन्सार कार्यालयले ०८१–०८२ मा संकलन गरेको राजश्वभन्दा गएको आर्थिक वर्ष १८ अर्ब २२ करोड ९६ लाख ५३ हजार बढि राजश्व उठेको तथ्याँकमा उल्लेख छ । ०८१–०८२ मा भने वीरगन्ज भन्सार कार्यालयले २ खर्ब २५ अर्ब ७३ करोड ४९ लाख ३१ हजार राजश्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

    वीरगन्ज भन्सार कार्यालय एक्लैले ०७८–०७९ मा संकलन गरेको राजश्वको तुलनामा पछिल्ला केही वर्ष राजश्व संकलनको प्रगतिमा केही गिरावट आएको देखिएको छ । अर्थात ०७८–०७९ मा यो भन्सारले २ खर्ब ४ अर्ब १२ करोड २७ लाख ५७ हजार राजश्व संकलन गरेको वीरगन्ज भन्सारसँगै तथ्याँक छ । सो आर्थिक वर्षका लागि विभागले वीरगन्ज भन्सारलाई कुल २ खर्ब, ३ अर्ब २ करोड ५० लाख ३७ हजार लक्ष्य तोकेको थियो । जसमा भन्सारको प्रगति १०० दशमलब ५४ प्रतिशत थियो ।

    तर ०७९–०८० र ०८०–०८१ का आर्थिक वर्षमा भने ०७८–०७९ को जति पनि राजश्व संकलनको प्रगति देखिएको छैन । वीरगन्ज भन्सारको राजश्व लक्ष्य ०७९–०८० र ०८०–०८१ क्रमशः २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार र २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८१ हजार थियो । तथापि भन्सारले सो दुबै आर्थिक वर्ष भने क्रमशः १ खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार र १ खर्ब ५७ अर्ब ४० करोड २९ लाख ६६ हजार मात्र राजश्व संकलन गरेको उसैको तथ्याँकले प्रष्ट पारेको छ ।

    यता ०८१–८२ र ०८२–८३ मा भने यति लज्जास्पद अलि नरहेको वीरगन्ज भन्सारको तथ्याँकले प्रष्ट्याएको छ ।

    उता सुख्खा बन्दरगाह भन्सार कार्यालय अलग अस्तित्वमा रहँदा यो भन्सारले ०८१–८२ मा कुल ४९ अर्ब ६६ करोड ४८ लाख ६६ हजार राजश्व संकलन गरेको साविकको तथ्याँक छँदैछ । सो समयमा विभागले ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार लक्ष्य सुख्खा बन्दरगाहलाई विभागले दिएको थियो । अहिले भने दुबै ठूला भन्सार एक ठाउँमा गाभिदा राजश्व लक्ष्यको सिलिङ र राजश्वको प्रगति अझ उच्च हुनुपर्ने स्थानीय करदाताहरुको तर्क छ । साथै लक्ष्य अनुसार करको दर कम गरी दायरा फराकिलो पार्न पनि उनीहरुको सुझाव छ ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.