दैलेख/अछाम सडकखण्डमा कर्णाली नदीमा भएको दुःखद फोर्स गाडी दुर्घटनाले सबैको मन भारी बनाएको छ। बेपत्ता भएका चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी सहोदर दाजुभाइ तुलाराम सुवेदी र रामु सुवेदी रहेको खुलेको छ। परिवारका अनुसार, उनीहरूले गएको दशैंमा ठूलो आशा र ऋणको भारी बोकेर आफ्नै फोर्स गाडी किनेका थिए। मेहनत गरेर परिवारको भविष्य उज्यालो बनाउने, ऋण तिर्दै सुखद जीवन बिताउने सपना देखेका ती दाजुभाइ आज त्यही गाडीसँगै कर्णालीको भेलमा बेपत्ता छन्। एकै क्षणमा एउटा परिवारको खुसी, भरोसा र भविष्य अनिश्चित बनेको छ। दुर्घटनापछि लामो समय बितिसक्दा पनि गाडी र त्यसमा सवार यात्रुहरूको अवस्था अझै खुल्न सकेको छैन। सुरक्षा निकायले निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
Advertisement




