भरतपुर/लायन्स क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा शर्मिला सेढाईँ चयन भएकी छन्। वर्ष २०२६-२७ को लागि सेढाईँँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। क्लबको प्रथम उपाध्यक्षमा अरुणा गुरुङ, द्वितीय उपाध्यक्षमा हरिकुमार राजभण्डारी, सचिवमा हेमा पौडेल, सहसचिवमा प्रवीण श्रेष्ठ, कोषाध्यक्षमा प्रवीना श्रेष्ठ र सहकोषाध्यक्षमा खुमप्रसाद पौडेल चयन भएका छन्। क्लबका निवर्तमान सचिव उद्वव जोशीका अनुसार नयाँ कार्यकालको लागि निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठसहित ३५ सदस्यीय समिति चयन गरिएको हो। नवनिर्वाचित समितिले आन्तरिक पदहस्तान्तरण समेत गरिसकेको छ।
Advertisement




