• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दुई संघबीच व्यावसायिक विकास तथा सहकार्यका लागि विस्तृत छलफल


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग वाणिज्य संघले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको नेतृत्वमा पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमिति सदस्य तथा उद्यमीहरू सहितको अध्ययन अवलोकन भ्रमण टोलीलाई संघको सचिवालयमा स्वागत तथा अन्तरक्रिया गरेको हो । छलफलमा दुई फरक आर्थिक र भौगोलिक सम्भावना बोकेका जिल्लाका व्यवसायीहरूबीच अनुभव आदानप्रदान गर्ने, संस्थागत विकासमा सहकार्य गर्ने विषयमा केन्द्रित रहेको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले भ्रमण टिमलाई स्वागत गर्दै संघको संक्षिप्त परिचय सहित चितवनको वर्तमान व्यवसायिक अवस्था, सम्भावना र पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराउनु भयो  । उहाँले चितवन र दाङ दुवै कृषि, पशुपालन र व्यापारका हिसाबले देशकै अग्रणी जिल्ला भएको बताउदै दुई जिल्लाका उत्पादनहरूलाई एक–अर्काको बजारमा सहज पहुँच पु¥याउने गरी व्यावसायिक नेटवर्क निर्माण गर्न चितवन उद्योग वाणिज्य संघ सधै तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले पनि निजी क्षेत्रलाई राजस्व उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्रको वास्तविक साझेदारको रूपमा लिनुपर्ने बताउदै उहाँले व्यवसायमैत्री नीति, सरल कर्जा प्रवाह र झन्झटिलो कर प्रणालीको सुधारका लागि राज्यको ध्यान जानु जरुरी रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीका समस्या समधानका लागी महासंघ मार्फत पहल गर्ने बताउँदै भ्रमण सफलताको शुभकामना दिनुभएको थियो ।
    कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले चितवन उद्योग वाणिज्य संघले गरेको आतिथ्यताप्रति कृतज्ञता ज्ञापन गर्दै भ्रमणको मुख्य उद्देश्य र दाङको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले दाङ जिल्ला पनि हाल लुम्बिनी प्रदेशको राजधानी भएसँगै तीव्र सहरीकरण र औद्योगिकीकरणको दिशामा अघि बढिरहेको बताउदै कृषि, जडीबुटी, सिमेन्ट उद्योग र पर्यटन लगायत दाङका सम्भावनाहरुका बारेमा जानकारी गराउनुभयो । उहाँले उद्योगी व्यवसायीका समस्या समधानमा चितवन उद्योग वाणिज्य संघसँग हातेमालो गरेर अगाडी बढ्न बताउनुभयो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके र दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राम दयल गुप्ताले व्यवसायिक समस्या समधानका लागि दुवै उद्योग वाणिज्य संघले साझा धारणा बनाएर जानुपर्ने सुझाव दिनुभएको थियो ।
    दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको नेतृत्वमा पूर्वअध्यक्ष, पदाधिकारी कार्यसमिति, विभिन्न वस्तुगत संघका अध्यक्ष  गरी ३२  जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके, कल्याण जोशी सहनलाल प्रधान, उपाध्यक्ष नारायण प्रधान, राजन पिया, संघका कार्यसमितिका सदस्यज्यूहरू संघका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.