• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रत्ननगरमा गणित शिक्षकहरूका लागि तीनदिने पेसागत विकास तालिम सम्पन्न


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • चितवन/चितवनको रत्ननगरमा माध्यमिक तहका गणित शिक्षकहरूका लागि सञ्चालन गरिएको तीनदिने ‘२१औँ शताब्दीको सिकाइका लागि सबल गणित शिक्षण’ विषयक शिक्षक पेसागत विकास तालिम शनिबार सम्पन्न भएको छ।

    Advertisement

    रत्ननगर नगरपालिका र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (केयूएसओईडी) को संयुक्त आयोजना तथा प्रायोजनमा असार ५, ६ र ७ गतेसम्म रत्ननगर-१०स्थित श्री बैरिया माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिममा ३० जना गणित शिक्षकको सहभागिता रहेको थियो।

    बैरिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद न्यौपानेको अध्यक्षता तथा रत्ननगर नगरपालिका शिक्षा शाखाकी अधिकृत नीता कट्टेलको प्रमुख आतिथ्यमा  उक्त तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको थियो।

    सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका गोल्ड मेडलिस्ट तथा वरिष्ठ शिक्षाविद् डी.आर. सिम्खडाले विशेष सुपरिवेक्षण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन श्री माधवपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश भट्टले गर्नुभएको थियो।

    कार्यक्रममा आयोजक र सहभागी शिक्षक–शिक्षिकाको तर्फबाट उत्कृष्ट व्यवस्थापकीय भूमिका निर्वाह गरेको भन्दै श्री बैरिया माध्यमिक विद्यालयलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो। तालिम अवधिभर भौतिक तथा व्यवस्थापकीय सहयोग पुर्‍याउने विद्यालयका प्रधानाध्यापक युवराज पौडेल तथा सहायक प्रधानाध्यापक कमल पाण्डेलाई विशेष धन्यवाद व्यक्त गरेका थिए।

    यसैगरी, कार्यक्रमको पूर्वतयारीदेखि समापनसम्म निरन्तर समन्वय र सहयोग पुर्‍याएको भन्दै नेपाल माध्यमिक विद्यालयका गणित विषयका विज्ञ धर्मराज चालिसे र श्री पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा गणित विषयका विज्ञ रामहरि भण्डारीप्रति आयोजक टोली तथा सहभागीका तर्फबाट विशेष आभार व्यक्त गरिएको थियो।

    तालिममा सक्रिय सहभागिता जनाउने शिक्षकहरूमध्ये कृष्णप्रसाद दल्लाकोटी ‘सर्वोत्कृष्ट ऊर्जावान् व्यक्तित्व’ र गोविन्द पौडेल ‘सर्वोत्कृष्ट प्रेरणादायी व्यक्तित्व’ पुरस्कारबाट सम्मानित भएका छन्।

    तीन दिनसम्म दैनिक ६ घण्टाका दरले सञ्चालन गरिएको तालिममा काठमाडौँ विश्वविद्यालयका विज्ञ प्रशिक्षक विनोद श्रेष्ठ, विशाल अधिकारी र सन्तोष कुमार के.सी.ले कृत्रिम बुद्धिमत्ताको प्रयोगसहित गणित शिक्षण, बीजगणित र ज्यामिति, डेसमसमार्फत गणितीय बुझाइ अभिवृद्धि तथा कक्षाकोठा व्यवस्थापन, गेमिफिकेसन र ‘एरर अक्सन’ विधिजस्ता विषयमा प्रयोगात्मक सहजीकरण गर्नुभएको थियो।

    तालिममा गणित शिक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई), एआई प्रम्प्ट राइटिङ, प्रविधिमैत्री पाठ योजना निर्माण, ‘पोलिप्याड’ र ‘जियोजेब्रा’ जस्ता डिजिटल माध्यमको प्रयोग तथा ‘डेसमस’ ग्राफिङ टुलमार्फत वास्तविक जीवनसँग जोडिएका अभ्यासलाई प्राथमिकता दिइएको थियो। साथै, विद्यार्थीहरूमा गणितप्रतिको डर कम गर्न खेल–खेलमा सिकाइ, समूहगत सिकाइ र गल्तीलाई सिकाइको अवसरका रूपमा उपयोग गर्ने ‘एरर अक्सन’ विधिबारे अभ्यास गराइएको थियो।

    समापन समारोहमा प्रमुख अतिथि नीता कट्टेल र सभापति रमेशप्रसाद न्यौपानेले शिक्षकहरूको निरन्तर क्षमता विकासबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै तालिमबाट सिकेका एआई, सूचना तथा सञ्चार प्रविधि, गेमिफिकेसन तथा ‘एरर अक्सन’ जस्ता बालमैत्री विधिलाई कक्षाकोठाको व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

    स्थानीय सरकार र काठमाडौँ विश्वविद्यालयको संयुक्त प्रयासले रत्ननगर क्षेत्रको गणित शिक्षणलाई प्रविधिमैत्री, प्रभावकारी र विद्यार्थीमैत्री बनाउँदै गणितप्रतिको डर न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.