• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाली प्रतिभालाई प्रोत्साहन गर्दै सोफा हब, भिडियो प्रतियोगितामा आकर्षक नगद पुरस्कार


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • काठमाडौं/नेपालकै अग्रणी तथा स्थापित फर्निचर ब्रान्ड ‘सोफा हब काठमाडौं’ले देशव्यापी रूपमा भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। आम सर्वसाधारण, कन्टेन्ट क्रिएटर, भिडियो मेकर तथा इन्फ्लुएन्सरहरूमा रहेको सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले आकर्षक नगद पुरस्कारसहित प्रतियोगिता सार्वजनिक गरेको हो।
    कम्पनीका अनुसार प्रतियोगितामा सहभागीहरूले सोफा हबको ब्रान्ड, गुणस्तरीय उत्पादन, शोरूम, ग्राहक अनुभव, सेवा तथा विशेष अफरलाई केन्द्रमा राखेर सिर्जनात्मक भिडियो निर्माण गर्न सक्नेछन्। कमेडी भिडियो, भाइन्स, प्रडक्ट रिभ्यु, शोरूम टुर, कस्टुमर एक्सपिरियन्स, होम डेकोर तथा इन्टेरियर इन्स्पिरेशनलगायत जुनसुकै सिर्जनात्मक शैलीमा भिडियो बनाउन सकिने जनाइएको छ।
    प्रतियोगितामा सहभागी हुने प्रत्येक भिडियोमा कम्पनीका आधिकारिक शाखामध्ये कम्तीमा एउटा शाखा देखाइएको वा उल्लेख गरिएको हुनुपर्नेछ। हाल गोठाटार, बसुन्धरा, बिर्तामोड, चितवन, हेटौँडा, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी र महेन्द्रनगरमा सोफा हबका शाखा सञ्चालनमा रहेका छन् भने जनकपुरमा नयाँ शाखा सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।
    त्यसैगरी, प्रत्येक भिडियोमा ‘Sofa Hub Monsoon Mega Sale Offer’ सम्बन्धी सन्देश अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। उक्त सन्देशमा सबै शाखामा मनसुन मेगा सेल सञ्चालनमा रहेको, भिडियोको स्क्रिनसट लिएर शोरूममा पुग्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने तथा आधिकारिक लोगो भएको शोरूमबाट मात्रै खरिद गर्न आग्रह गरिएको उल्लेख हुनुपर्नेछ।
    प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, विजेताका परिवारका सदस्यलाई आवश्यकताअनुसार रोजगारीको अवसर समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
    प्रतियोगिताको मूल्याङ्कन चर्चित कलाकार तथा सञ्चारकर्मीहरूको निर्णायक मण्डलले गर्नेछ। निर्णायकमा अभिनेता तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री तथा निर्देशक एवं कन्टेन्ट क्रिएटर सम्राट अधिकारी रहेका छन्। मूल्याङ्कनमा सिर्जनशीलतालाई ३० प्रतिशत, डिजिटल इन्गेजमेन्टलाई ३० प्रतिशत, ब्रान्ड प्रस्तुतीकरणलाई ३० प्रतिशत तथा भिडियो–अडियोको प्राविधिक गुणस्तरलाई १० प्रतिशत भार दिइनेछ।
    सहभागीहरूले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको स्पष्ट अडियो–भिडियो गुणस्तर भएको मौलिक सामग्री तयार गर्नुपर्नेछ। कपीराइट उल्लङ्घन भएको सामग्री फेला परे सहभागिता स्वतः रद्द हुनेछ भने एआई प्रयोग गरिएको भए स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ।
    तयार गरिएको भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा ‘पब्लिक मोड’मा अपलोड गर्नुपर्नेछ। अपलोड गर्दा #sofahubkathmandu, #nepalsno1sofafactory र #brandedsofa लगायत आधिकारिक ह्यासट्याग प्रयोग गर्नुका साथै सम्बन्धित शाखालाई मेन्सन गर्नुपर्नेछ। सहभागीहरूले सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोको लिंक तथा व्यक्तिगत विवरण कम्पनीले उपलब्ध गराएको आधिकारिक गुगल फर्ममार्फत बुझाउनुपर्नेछ।
    भिडियो बुझाउने अन्तिम मिति असार ३० गते तोकिएको छ भने पुरस्कार घोषणा साउन १ गते गरिने कम्पनीले जनाएको छ।
    प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८६२१३२९३२ नम्बरमा व्हाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ। त्यसैगरी, ‘Sofa Hub Monsoon Mega Sale Offer’ अन्तर्गत सस्तो मूल्यमा उच्च गुणस्तरका सोफा तथा फर्निचर खरिद गर्न इच्छुक ग्राहकले ९८५११५२५८९ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

    Advertisement

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.