• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

उद्यमशीलता र नवप्रवर्तन विकासका जोड


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • चितवन/बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय र चितवन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज भरतपुरस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा एक दिने स्टार्टअप एण्ड इनोभेसन: इन्टरप्रियुनर डेभलपमेन्ट कन्फरेन्स – २०२६ सफलताका साथ सम्पन्न भएको हो ।
    बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठको प्रमुख आतिथ्तामा उद्यमीलाई सबलीकरण, नवप्रवर्तनलाई प्रोत्साहन भन्ने नाराका साथ सञ्चालित यस कार्यक्रममा नवप्रवर्तन र उद्यमशीलताको विकासबारे सरोकारवालाहरूबीच गहन छलफल भएको थियो ।
    कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न यो सम्मेलन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय स्तरमा रहेका स्टार्टअपहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न र नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न संघले सधैं अग्रणी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठले देशको आर्थिक समृद्धिका लागि युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा जोड्नुपर्ने र नयाँ सोचलाई सरकारले सधैं नीतिगत र व्यावहारिक प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले नवप्रवर्तनका क्षेत्रमा आगामी दिनमा लगानी अझै बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग हातेमालो व्यिवसायिक विकासका लागि आवश्यक नीति निर्माण गर्न प्रदेश सरकार सधै तयार रहेको बताउनुभयो ।
    त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका प्रदेश सचिव जिवलाल भुषालले उद्योग र वाणिज्य क्षेत्रको वातावरण सुधार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता सम्मेलनले नयाँ उद्यमीहरूलाई प्रविधि र पुँजीसँग जोड्न पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्टार्टअपप्रवद्र्धनमा निजी क्षेत्र लाग्नुपर्ने बताउदै लगानी प्रवद्र्धनका लागि कानुनी जटिलता भए त्यसलाई समधान गर्न सरकारले सधै सहयोग गर्ने बताउनुभयो ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले नयाँ सोच र नयाँ प्रविधिले मात्र रोजगारी सृजना हुने बताउदै उहाँले लगानीका लागि व्यवसायी मूखी नीति बनाउनु पर्ने बताउनुभयो । उहाँले नवप्रवद्र्धनलाई आत्मसाथ गर्दै देश विकासका लागि निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
    सोही कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यादव नाथ आचार्यले स्टार्टअप र नवप्रवर्तनका विषयमा आगामि दिनमा हुने कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रसँग हातेमालो गरेर व्यवसायिक विकासमा उपभोक्ता हित संरक्षण कार्यालय सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
    कार्यक्रमका प्रशिक्षक औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले पन्ध्रौ आवधिक योजनामा स्टार्टअपसम्बन्धी व्यवस्था, स्टार्टअपसम्बन्धी शब्दावली परिभासा, परियोजना, स्टार्टअपकर्जाको मापदण्ड लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रमका प्रशिक्षक बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय महाशाखा प्रमुख कुमार तामाङले सफाल स्टार्टअपहुन आवश्यक कुराहरु, दक्षिण एसिया र भारतका स्टाटअपका सफल अभ्यासहरु, स्टार्टअपक्षेत्रको समस्या र चुनौती साथै बागमती प्रदेशका स्टार्टअपप्रवद्र्धनमा आगामी कार्यक्रममा बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।
    कार्यक्रमका प्रशिक्षक चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायिक अनुभव, नवप्रवर्र्तन विकास र व्यवसायका चुनौती र अवसरका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रममा चितवनका सफल उद्यमी धनबहादुर मास्के र बिएम हस्तकलाका सञ्चालक वुद्धिमाया घलेले व्यवसायिक अनुभव प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका विभिन्न शाखा कर्मचारीज्यहरु, चितवन उद्योग वाणिज्य संघका पदाधिकारीहरु, चितवन लगायत आसपसका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, वस्तुगत संघका प्रतिनिधिहरु, स्टार्टअपउद्योगी व्यवसायीहरु गरी करिव १०० जनाको उपस्थिति रहेको कार्यक्रममा स्टार्टअप उद्यमीहरुको उत्पादित वस्तु प्रर्दशनी गरेको चितवन उद्योग वाणिज्य संघका कार्यक्रमम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभयो ।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यबाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.