• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल सरकारको आ.व २०८३–८४ बजेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • चितवन/चितवन उद्योग वाणिज्य संघको आयोजना तथा GIZ-RSRSD को सहयोगमा आज चितवनको दासढुङ्गास्थित अशोका रिसोर्टमा नेपाल सरकारको बजेट २०८३–८४ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको नयाँ बजेटका नीति, कार्यक्रम तथा व्यवस्थापनबारे निजी क्षेत्र र सरोकारवालाहरूलाई स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बजेट भाषणका मुख्य बुँदाहरू, आयकरमा दिइएको छुट र सुविधाहरू, मूल्य अभिवृद्धि कर (मूअकर) तथा अन्तःशुल्कमा गरिएका परिवर्तनहरू र नयाँ आर्थिक नीति एवं व्यावसायिक सुविधाहरूका बारेमा विस्तृत छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले बजेटले ल्याएका राहतका प्याकेज, कर छुटका क्षेत्रहरु लगायत बजेटको कार्यान्वयन सम्बन्धी जिज्ञासा राखेका थिए ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नयाँ बजेटले निजी क्षेत्रलाई समेट्न खोजे पनि कार्यान्वयनको पक्ष जहिले पनि चुनौतीपूर्ण रहने गरेको बताउँदै आयकरमा दिइएको छुट र व्यावसायिक सुविधाहरूको पूर्ण उपयोग गर्नका लागि व्यवसायीहरू सचेत र स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले चितवनका उद्योगी व्यवसायीहरूको अन्योल चिर्न मद्दत पुर्याउने बताउनुभयो ।

    Advertisement


    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले यस पटकको बजेटमा मूल्य अभिवृद्धि कर  र अन्तःशुल्कमा केही परिमार्जनहरू भएको बताउँदै उहाँले यी परिवर्तनहरूले बजारको मूल्य र राजस्व प्रशासनमा पार्ने प्रभावबारे व्यवसायीहरूले कानुनी र व्यावहारिक रूपमै बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले कर छुटका सुविधाहरूको सही सदुपयोगले मात्रै व्यवसायको लागत घटाउन सकिने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका बजेटको संक्षिप्त जानकारी गराउँदै उहाँले कुनै पनि देशको आर्थिक मेरुदण्ड भनेको त्यहाँको निजी क्षेत्र र उद्यमशीलता भएको बताउँनुभयो । उहाँले सरकारले ल्याउने बजेट केवल अंकहरूको सङ्गालो मात्र नभई यसले आगामी वर्षभरि हाम्रो व्यवसाय कुन दिशामा अघि बढ्छ भन्ने कुराको मार्गचित्र गर्ने माध्यम भएको बताउनुभयो । उहाँले व्यवसायिक विकासका लागि बजेटका नीति र व्यवस्थाहरूलाई मसिनो गरी बुझ्न र आफ्ना व्यवसायमा लागू गर्न  अपरिहार्य रहेको बताउँनुभयो ।
    कार्यक्रममा बोल्दै GIZ-RSRSD का फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठले निजी क्षेत्रको सुदृढीकरण र आर्थिक विकासका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताउँदै उहाँले आगामी बजेटका नयाँ आर्थिक नीतिहरूले साना तथा मझौला उद्योगहरूलाई कसरी प्रवद्र्धन गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रमका लागि चितवन उद्योग वाणिज्य संघसँग सहकार्य गरेका बताउँनु भयो ।
    कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भरतुरका कर अधिकृत तुलसी चौधरीले बजेट भाषणले आयकरमा दिएका छुट, सुविधाहरू तथा मूल्य अभिवृद्धि कर (मूअकर) र अन्तःशुल्कमा गरेका परिवर्तनहरूका बारेमा जानकारी गराउनुभयो । उहाँले व्यवसायिक सहजिकरणका लागि आन्तरिक राजस्व कार्यालय सधै तयार रहेको बताउँनुभयो ।
    कार्यक्रममा  धन्यबाद ज्ञापन सहित समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसाय सञ्चालन गरिरहेका हामी जस्ता उद्यमीहरूका लागि बजेटका प्राविधिक कुराहरू बुझ्न यस कार्यक्रमले मद्दत गरेको विश्वास व्यक्त गर्नुभयो ।
    चितवन उद्योग वाणिज्य संघले प्रत्येक वर्ष बजेट आउनु पूर्व सुझाब पठाउने र बजेट पश्चात बजेटको समिक्षा र अन्तरक्रिया कार्यक्रम आयोजना गरी पुन सुझाब पठाउदै आएको छ र यस वर्ष पनी सोही अनुसार कार्यक्रम आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।
    अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सिए विमान कार्की, सिए विशाल भट्टराइ र सिए विकास तिवारीले मध्यस्तता गर्नु भएकोे थियो ।
    कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरू, उद्योगी व्यवसायी गरी १४० जनाको सहभागिता रहेको थियो ।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.