भरतपुर/ब्लड डोनर्स सोसाइटीको आयोजनामा जेष्ठ ३० गते हुने दोश्रो ऐतिहासिक रक्तदान महोत्सवको तयारी बैठक सम्पन्न भएको छ ।
ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष एकराज बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले छलफलमा सहभागीहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो ।
ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अन्जन दवाडीले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
Advertisement




