माडी/चितवन उद्योग संघ माडी समितिको आयोजनामा कार्ययोजना तर्जुमा गोष्ठीबाट पारित योजना समिक्षा तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ माडी समितिका अध्यक्ष जिताराम महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी समितिले कार्ययोजना तर्जुमा गोष्ठीबाट पारित योजनाहरुको समिक्षा गरिनुका साथै उद्योगीहरुबीच फेलोसिप गरिएको थियो ।
चितवन उद्योग संघ माडी समितिका अध्यक्ष जिताराम महतोले माडी समितिले कार्ययोजना तर्जुमा गोष्ठीबाट पारित योजनाहरुको हालसम्मको अवस्थाको बारेमा बाँकी योजना तथा कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेल, चितवन उद्योग संघ माडी समितिका संस्थापक अध्यक्ष भोजराज खनाल लगायतले कार्यक्रमको सफलतको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्ययोजना तर्जुमा गोष्ठीबाट पारित योजना समिक्षा तथा फेलोसिप कार्यक्रमलाई चितवन उद्योग संघ माडी समितिका उपाध्यक्ष नारायणदत्त रिजालले सञ्चालनसँगै अध्यक्षको अनुमतिले समापन समेत गर्नुभएको थियो ।

Advertisement




