• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नारायणगढ बजारको भद्रगोल अन्त्य गर्न साझा अभियान : अब पार्किङदेखि बजार व्यवस्थापनसम्म कडाइ


  •   बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
  • चितवन/चितवन उद्योग वाणिज्य संघले नारायणगढ बजारको अव्यवस्थित अवस्था, जथाभावी पार्किङ, सडक अतिक्रमण र कमजोर बजार व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर बिहीबार नारायणगढमा सरोकारवालासँग वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। लामो समयदेखि अस्तव्यस्त बन्दै गएको नारायणगढ बजारलाई व्यवस्थित, सुरक्षित र व्यवसायमैत्री बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
    कार्यक्रममा व्यवसायी, ट्राफिक प्रहरी, नगर प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूले बजार व्यवस्थापनका चुनौती र समाधानका विषयमा खुला छलफल गरेका थिए। विशेषगरी नारायणगढ बजार क्षेत्रमा बढ्दो सवारी चाप, जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण, सडक किनारमा हुने अव्यवस्थित व्यापार तथा कमजोर ट्राफिक अनुशासनका कारण बजारको स्वरूप नै बिग्रँदै गएको विषयमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै चित्रसेन अधिकारीले भरतपुर महानगरले बजार व्यवस्थापनका क्षेत्रमा पछिल्लो समय प्रभावकारी कामहरू अघि बढाइरहेको बताए। उनले व्यवसायीहरूलाई व्यवसाय दर्ता तथा नवीकरणको दायराभित्र आउन आग्रह गर्दै बजार अनुगमन अब औपचारिकतामा सीमित नरहने स्पष्ट पारे।
    उनले भने, “महानगरले कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्छ भन्ने भ्रम अब चिर्नुपर्छ। अब १२ महिना ३६५ दिन नै बजार अनुगमन हुन्छ। बजारलाई व्यवस्थित बनाउने अभियानमा कुनै सम्झौता हुँदैन।”
    महानगर प्रमुख अधिकारीले नारायणगढ बजारलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्न पार्किङ व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको पनि बताए। सडकलाई पार्किङस्थल बनाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म बजार व्यवस्थापन सम्भव नहुने उनको भनाइ थियो।
    यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले नारायणगढ बजारको वर्तमान अवस्था देखेर आफू अचम्मित भएको प्रतिक्रिया दिए। चितवन आएको पहिलो दिनदेखि नै बजारको अव्यवस्था हटाउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले नागरिकस्तरबाट अपेक्षित सहयोग नपाउँदा दुःख लागेको बताए।
    उनले भने, “नारायणगढ जस्तो मुख्य व्यापारिक केन्द्रको यस्तो भद्रगोल अवस्था स्वीकार्य छैन। सबैभन्दा बिजोग त यातायात व्यवस्थापनमा देखिएको छ। राज्यले राजश्व उठाउँदा कानुन बनाएर उठाउने, तर व्यक्तिले जथाभावी असुल्न पाउने ? यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ।”
    सिडिओ अर्यालले बजार व्यवस्थापनका नाममा हुने मनपरी, अवैध पार्किङ शुल्क असुली तथा सडक अतिक्रमणविरुद्ध प्रशासन अब कडाइका साथ उत्रिने संकेत पनि गरेका छन्। उनले बजार सुधारका लागि प्रशासन, महानगर, व्यवसायी र नागरिकबीच समन्वय अपरिहार्य रहेको बताए।
    कार्यक्रममा चितवन ट्राफिक प्रमुख अनिल थापाले चितवनको ट्राफिक अवस्था, बढ्दो सवारी चाप, पार्किङ अभाव, दुर्घटनाको जोखिम तथा व्यवस्थापनका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित पार्किङ नै ट्राफिक जामको प्रमुख कारण बनेको उल्लेख गर्दै निश्चित पार्किङ क्षेत्र निर्धारण र कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
    त्यस्तै नगर प्रहरी प्रमुख कृष्णहरि ढकाल ले नगर प्रहरीले हालसम्म बजार तथा यातायात व्यवस्थापनका क्षेत्रमा गरेका कामबारे जानकारी दिएका थिए। उनले महानगरले बजार क्षेत्रमा नियमित निगरानी, फुटपाथ खाली गराउने अभियान तथा अव्यवस्थित पार्किङ नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताए।
    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी ले स्वागत मन्तव्य राख्दै नारायणगढ बजारको अस्तव्यस्त अवस्थाले व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताए। बजारलाई व्यवस्थित बनाउन अब सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
    कार्यक्रममा चितवन प्रहरी प्रमुख रामेश्वर पौडेल, वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख, ट्राफिक प्रहरी, व्यवसायी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    यसैबीच, अन्तरक्रियाले नारायणगढ बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन भरतपुर महानगर प्रमुख चित्रसेन अधिकारीको संरक्षकत्वमा “बजार व्यवस्थापन संयुक्त संयन्त्र” गठन गरेको छ। संयन्त्रको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख रामेश्वर पौडेल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी तथा भरतपुर–१, २ र ३ का वडा अध्यक्षहरू रहेका छन्।
    त्यस्तै संयन्त्रको संयोजकमा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ भने ट्राफिक प्रमुख, महानगरको यातायात शाखा प्रमुख, नगर प्रहरी प्रमुख तथा नारायणगढ बजार क्षेत्रका विभिन्न टोल विकास संस्थाका प्रमुख वा प्रतिनिधिहरू सदस्य रहनेछन्।
    नारायणगढ बजारको बिग्रँदो स्वरूप, पार्किङको अराजकता र कमजोर ट्राफिक व्यवस्थापनप्रति चर्को असन्तुष्टि बढिरहेका बेला सरोकारवालाहरू एउटै मञ्चमा उभिएर सुधारको प्रतिबद्धता जनाउनु सकारात्मक रूपमा हेरिएको छ। अब गठन गरिएको संयन्त्रले कति प्रभावकारी रूपमा काम गर्छ भन्नेमा भने व्यवसायी र सर्वसाधारणको चासो केन्द्रित बनेको छ।

    Advertisement

    बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.