• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनको एसइई नतिजाप्रति असन्तुष्टि


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • चितवन/२०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो ।
    शिक्षा विकास तथा समन्वय इकाइ, चितवनको आयोजनामा ‘विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी प्रधानाध्यापकसँग अन्तक्र्रिया तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) समीक्षा’ कार्यक्रममा प्रतिक्रिया राख्ने विद्यालयका प्रधानाध्यापकहरूले प्रकाशित परीक्षाफलप्रति असन्तुटि जनाएका हुन् ।
    शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख लक्ष्मण देवकोटाले परीक्षाका सुधार गर्नुपर्ने पक्षहरूबारे प्रकाश पार्ने क्रममा जिल्लामा परीक्षा उपकेन्द्र स्थापना गर्नुपर्ने, गोश्वारा भौचर, चार्टपेपरलगायतका सामग्री विद्यार्थीलाई परीक्षा केन्द्रले उपलब्ध गराउनुपर्ने, एसइई परीक्षाको अपनत्व स्थानीय पालिकाहरुले लिन नसकेको र स्थानीय तहको भूमिका पनि स्पष्ट नभएको बताए ।
    उनले संघीय सरकारको निर्देशन बमोजिम सम्बन्धित परीक्षा केन्द्रमा नै उत्तरपुस्तिकाको परीक्षण तथा सम्परीक्षणका क्रममा १८ घण्टासम्म खटेर निर्धारित समयमा नै नतिजा प्रकाशन सम्भव तुल्याउने परीक्षक तथा केन्द्राध्यक्षहरूप्रति आभार व्यक्त गरेका थिए । प्रमुख देवकोटाको प्रस्तुतिपश्चात प्रतिक्रिया दिँदै सहभागी प्रधानाध्यापकहरूले परीक्षाफलप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

    Advertisement


    प्रतिक्रिया दिने क्रममा प्रधानाध्यापकहरूले अत्यन्तै छोटो समयमा १८ घण्टासम्म खटेर निकालिएको परीक्षाफलका क्रममा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गरे । परीक्षाफलको विश्वसनीयताप्रति शङ्का गर्दै परीक्षार्थी र सम्बन्धित विद्यालयको बारेमा जानकारी भएकाले उत्तरपुस्तिका जाँचका क्रममा बदमासी या आग्रह–पूर्वाग्रह भएको हुनसक्ने शङ्का गर्ने ठाउँ रहेको उनीहरूको भनाइ थियो । एक प्रधानाध्यापकले भनिन्, ‘मेरो छोरीको एसइईमा चार जिपिए आयो, सो कुरा उत्तरपुस्तिका जाँच गर्ने शिक्षकले परीक्षाफल प्रकाशन हुनुभन्दा एकहप्ता पहिले नै भन्नुभएको थियो ।’ उनका अनुसार उत्तरपुस्तिकामा कोडिङ्ग÷डिकोडिङ्ग नभएका कारण गोपनीयता कायम हुन नसकेको हो ।
    कार्यक्रममा सहभागीले चितवन जिल्लाको शैक्षिक स्तर खस्केको नभई हतारमा उत्तरपुस्तिका जाँच गरी परीक्षाफल प्रकाशन गरिँदा गडबडी भएको हुनसक्ने आशङ्का गरे । उनीहरूले स्थानीय स्तरमै उत्तरपुस्तिका जाँच गरी परीक्षाफल प्रकाशन गर्ने हो भने रोस्टर टिचर आवश्यक रहेको औँल्याए । कार्यक्रममा जिल्लाबाट सबैभन्दा बढी चार जिपिए ल्याउने सामुदायिक तर्फबाट भरतपुरको नारायणी नमुना मावि र संस्थागततर्फ रत्ननगस्थित स्काइराइडर आवासीय माविका प्रधानाध्यापकलाई प्रशंसापत्रसहित दोसल्ला ओढाइएर सम्मान गरिएको थियो । त्यस्तै शतप्रतिशत नतिजा ल्याउने रत्ननगरस्थित कपुरफोरी मावि र भरतपुरको गार्गी कन्या गुरुकुलम् तथा कुरिनटारस्थित प्रगति पाठशाला र भरतपुरस्थित न्यू चितवन इङ्ग्लिस स्कुलका प्रधानाध्यापकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


    रिसाए प्रजिअ अर्याल
    कार्यक्रमको प्रमुखअतिथि समेत रहेका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल रिसाएका छन् । कार्यक्रमका मुख्य वक्ता नेपाल सरकार पूर्वसचिव एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्माको प्रस्तुति रहेका बेला कार्यक्रममा हल्ला (साइड टक) भएपछि सिडिओ अर्याल रिसाएका थिए । उनले आफूहरूले अनुरोध गरेर बोलाएको र शिक्षा क्षेत्रको विज्ञ शर्माको समय मुस्किलले मिलाएको भन्दै सहभागीहरूलाई एकापसमा कुरा नगर्न निर्देशात्मक अनुरोध गरेका थिए । ‘कृपया क्षेत्रीय प्रसारण बन्द गर्नुहोस्’ भन्दै उनले यो लेभलको व्यक्ति यहाँ उपस्थित हुनु चानेचुने कुरा होइन भन्दै सहभागीलाई एकापसमा गफ नगर्न आग्रह गरेका थिए ।
    कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्माले गुणस्तरीय विद्यालय शिक्षा र सिकाइ, चितवनको प्राज्ञिक नेतृत्व, समावेशी शासन र रणनीतिक मार्गचित्र पेस गरेका थिए । कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको उत्तर दिँदै शर्माले बितेका दिनमा भएको कमजोरी औँल्याउनुभन्दा आगामी दिनमा ‘परफेक्ट’ बन्ने कोशिश जारी राख्नुपर्ने बताए । उनले यहाँ उठेका जिज्ञासा र सुझावहरू नेपाल सरकारका लागि महत्त्वपूर्ण हुने बताए ।
    शर्माले भने, ‘विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदा र धेरै विद्यार्थीले जिपिए चार ल्याउँदा खुसीको अनुभव हुनु एउटा पक्ष हो तर विद्यार्थीको सिकाइ उपलब्धि कति भयो भन्ने कुराले महत्त्व राख्छ ।’ विद्यालयमा विद्यार्थी संख्याको तुलनामा गहिरो सिकाइ अझै चुनौतपूर्ण रहेको उनले बताए । उनले चितवनको एसइई नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण रहेको र सो हुनुमा गणित शिक्षकको कमजोरी नभई सानैदेखिको गहिरो सिकाइ नहुनु मुख्य कारण रहेको बताए ।
    जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता तथा प्रजिअ गणेशप्रसाद अर्यालको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, सशस्त्र प्रहरीका उपरीक्षक धनबहादुर बानियाँ, उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौँडाका प्रमुख बद्रि पाठक, शैक्षिक प्रशासन महाशाखा भरतपुरका उपसचिव सुवास आचार्यलगायत चितवनका विभिन्न पालिकाका शिक्षा निर्देशक र जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.