• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘झन्डा बोकेर रोएको बालक देख्दा मन रोयो’ : सुकुम्बासी विस्थापनमा कांग्रेस नेता पण्डितको आक्रोश

  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • चितवन/नेपाली कांग्रेस चितवनका नेता कृष्ण प्रसाद पण्डितले सरकारले वास्तविक भूमिहीन सुकुम्बासीको जिम्मेवारी राज्यले नै लिनुपर्ने बताएका छन्। उनले पूर्वतयारी र वैकल्पिक व्यवस्थापनबिनै भूमिहीन तथा सुकुम्बासीलाई जबर्जस्ती विस्थापित गर्ने कार्य मानवीय दृष्टिले स्वीकार्य हुन नसक्ने बताएका हुन्।
    भरतपुर–४ त्रिचोक निवासी पण्डितले गास, बास र कपास नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै राज्यले कानुन कार्यान्वयनका नाममा नागरिकको आधारभूत अधिकारमाथि चोट पुर्‍याउन नहुने जिकिर गरे। “सरकारले वास्तविक र अवास्तविक भूमिहीन छुट्याएर वास्तविक सुकुम्बासीलाई लालपुर्जा दिनुपर्छ,” उनले भने, “तर उचित व्यवस्थापनबिना घर–टहरा भत्काएर मानिसलाई सडकमा ल्याउने कार्य न्यायोचित हुन सक्दैन।”
    उनले सरकारको भूमिहीन व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजना सकारात्मक भए पनि कार्यान्वयन शैली हतारो र असंवेदनशील देखिएको टिप्पणी गरे। उनका अनुसार वैकल्पिक बसोबासको सुनिश्चितता नगरी गरिएको हटाउने अभियानले बालबालिका, ज्येष्ठ नागरिक र अशक्त वर्गलाई सबैभन्दा बढी पीडित बनाएको छ।
    “व्यवस्थापनबिनाको यस्तो कदमले समाजमा असहज अवस्था सिर्जना गरेको छ,” पण्डितले भने, “राज्यले नागरिकलाई संरक्षण दिनुपर्ने हो, त्रास होइन।”
    पण्डितले हालैको एक घटनालाई स्मरण गर्दै एउटा सानो बालक राष्ट्रिय झन्डा बोकेर रुँदै घरबाहिर निस्किएको दृश्यले आफूलाई गहिरो रूपमा भावुक बनाएको बताए। उनका अनुसार त्यो दृश्यले राज्य संयन्त्र अझ संवेदनशील बन्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखाएको छ।
    वि.सं. २०१८ सालमा चितवनमा जन्मिएका पण्डित नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। पदभन्दा सेवा ठूलो हुने मान्यता राख्ने उनी सामाजिक कार्यमार्फत जनतासँग निरन्तर जोडिएका नेताका रूपमा परिचित छन्। राजनीति निष्ठा, सिद्धान्त र विचारमा आधारित हुनुपर्ने धारणा राख्ने पण्डितले राज्यले विकास र व्यवस्थापनका नाममा मानवीय संवेदनशीलता गुमाउन नहुने बताएका छन्।
    उनले भूमिहीन समस्या समाधानका लागि अल्पकालीन बल प्रयोगभन्दा दीर्घकालीन र व्यवहारिक नीति आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई संवाद, पुनःस्थापना र सम्मानजनक व्यवस्थापनको बाटो रोज्न आग्रह गरेका छन्।

    Advertisement

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.