• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको २२औँ साधारणसभा सम्पन्न

  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • भरतपुर/नेपाल पत्रकार महासंघ जिल्ला शाखा, चितवनको २२औँ साधारणसभा आज भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा सम्पन्न भएको छ। पत्रकारहरूको उल्लेख्य सहभागितामा सम्पन्न साधारणसभामा प्रेस स्वतन्त्रता, सञ्चारमाध्यममाथिको दबाब तथा पत्रकार अधिकारका विषयमा व्यापक छलफल गरिएको थियो।

    Advertisement

    महासंघका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निजी सञ्चारमाध्यमलाई अप्रत्यक्षरूपमा संबिधानकाे धारा १९ लाइ कुन्ठितपार्ने र बिज्ञापनमार्फत दबाबमा राख्ने प्रयास भइरहेको आरोप लगाउनुभयाे ।

    उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारहरूको स्वतन्त्र रूपमा काम गर्ने वातावरण कमजोर बन्दै गएको बताउनुभयो। “पत्रकारहरूको अधिकार कुण्ठित हुने अवस्था सिर्जना भइरहेको छ, यस्तो अवस्थामा सञ्चार क्षेत्र र नागरिक समाज सबै सजग हुन जरुरी छ,” साथै स्थानिय सरकार सञ्चाालन ऐन २०७४ लाइ प्रयाेग स्वायतता केहाे भन्ने कुरा सबै स्थानिय सरकारले अब देखाउनु पर्ने उहाँले भन्नुभयो।
    आचार्यले देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमा पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा सञ्चारकर्मीहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र श्रम अधिकार सुनिश्चित गर्न महासंघ अझ सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
    साधारणसभामा महासंघका गतिविधि, भावी योजना तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    यसै अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार अनिल ढकाल, पूजा ढकाल र दिप्ती विश्वकर्मालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

    कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितामा बढ्दो चुनौती, आर्थिक संकट, डिजिटल माध्यमको प्रभाव तथा सञ्चारमाध्यमको दिगोपनाका विषयमा समेत धारणा राखेका थिए। साधारणसभा पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको महासंघले जनाएको छ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.