भरतपुर/भरतपुर–१०, हाकिमचोकमा निर्मित बाटोको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शैक्षिक मार्ग नामाकरण गरिएको उक्त बाटोको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।
Advertisement
बाटो निर्माण उपसमितिका संयोजक लक्ष्मण भण्डारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, बाटो निर्माण उपसमितिका सचिव विजय अधिकारी, सदस्य चिरन तिवारी, अनुगमनकर्ता राकेशमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





