भरतपुर/विगत लामाे समयवाट वेथितिवाट गुज्रियकाे वेलहट्टा हरियालि सामुदायीक वन, भरतपुर-२३ मा उपभाेक्ता र स्थानियलाई गुमराहमा राख्दै विधान विपरित समिति पुनरगठन भएकाे भन्दै कसरा स्थित वरिष्ठ संरक्षण अधिकृतलाई ध्यानाकर्षण सहित स्थानिय उपभाेक्ताले पत्र लेखेका छन्, स्थानिय उपभाेक्ताका तर्फवाट प्रतिनिधि कृष्णप्रसाद अधिकारीले लेखेकाे पत्रमा भनिएकाे छ, वहुमत उपभाेक्तालाई जानकारी पनि नदिई उपस्थित समेत नभएकाे परिस्थितिमा विगठित भएका पुर्व सदस्यहरुमात्र उपस्थित भई कमिटि पुनरगठन भएकाले मिति २०८३/०१/०७ गते गठन भएकाे भनिएकाे समिति अवैधानिक र पारदर्सि छैन अब आम युवाहरु यसका विरुद्द आवाज उठाउन शशक्त लागाैं। पत्रमा वुदागत रुपमा लेखिएकाे छ।
१) ईच्छुक उपभाेक्तालाई गुमराह गरि कार्यसमिति पुन:गठन प्रकृया अगाडि वढाईयाे।
२) निर्वाचन तथा निर्णायक प्रकृयामा पारदर्शिता कायम नगरियकाे।
३) उपभाेक्ताकाे विधान अनुसार वहुमत सदस्यलाई जानकारी नगराएकाे र उपस्थित नगराएकाे।
अन्तत: सामुदायिक वनकाे चयन प्रकृयालाई छानविन गरि वैधानिक र पारदर्शितामा पुन: गठन गराई पाउँ।
यससँगै भनिएकाे छ, ईच्छुक उम्मेदवारहरुलाई गुमराहमा राखेकाे, कुनैपनि सुचना प्रकाशन नगरेकाे लगायतवाट गठित समिति पुर्णरुपमा अवैधानिक रहेकाे छ।
स्मरण रहाेस उक्त उपभाेक्ता समिति विगत लामाे समयवाट विवादनै विवादकाे घेरामा छ, पार्टिका नेताहरुकै मिलेमताेमा स्थानियहरुलाई असर पर्ने गरि राप्ती खाेला हडप्ने, हाेटलवालाहरुसँग साँठगाँठ गरि स्थानियलाई असर गर्ने विभिन्न गतिविधि सञ्चालन गर्ने, विभिन्न ठेक्कापट्टामा कमिसन खाएर आफुअनुकुलका व्यक्तिहरुलाई ठेक्का दिने लगायतका गतिविधि विगतका नेतृत्वले गरेकाेमा समेत विराेध जनाउँदै आएकाे स्थानिय उपभाेक्ताले जनाएका छन्।
उक्त वन क्षेत्रभित्र रहेकाे ४ विगाह क्षेत्रफल जग्गा कराेडाैकाे चलखेलमा वडा कार्यालयले वेचविखन गर्न एवं भाेगचलन गर्न पाउने भनी सिफारिस समेत दिएकाेमा स्थानियले थाहा पाउँदा साे काे विराेध गरि जग्गा राेक्का राखिएकाे समेत उपभाेक्ताले जनाएका छन्।




