भरतपुर/लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको वार्षिक साधारणसभा तथा फेलोसिप सम्पन्न भएको छ ।
लायन्स क्लव अफ नारायणगढ लालीगुराँस वर्ष २०२५/०२६ की अध्यक्ष लायन गीता पौडेलको अध्यक्षतामा सम्पन्न वार्षिक वार्षिक साधारणसभाबाट वर्ष २०२६/०२७ को लागि लायन मञ्जु पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।
समितिको फष्ट भिपिमा लायन जया पौडेल, सेकेण्ड भिपिमा लायन राधा शर्मा, सचिवमा लायन दिपा सुवेदी र कोषाध्यक्षमा लायन राधिका कर्माचार्य चयन हुनु भएको छ ।
Advertisement





